टोटनहृयामको शानदारजित मा, केनको हृयाट्रिक

0
237

हृयारी केनको हृयाट्रिकको मदतमा टोटनहृयामले वेष्टब्रोममाथि शानदार जित हात पारेको छ ।

Advertisements

शनिबार भएको खेलमा टोटनहृयामले वेष्टब्रोममाथि ४-० गोल अन्तरको जित हात पारेको हो । जितसँगै २१ खेलबाट ४५ अंक जोडेको टोटनहृयाम दोस्रो स्थानमा उक्लिएको छ ।घरेलु मैदानमा भएको खेलमा टोटनहृयामले १२ औं मिनेटमा नै केनको गोलबाट अग्रता लिएको थियो । २६ औं मिनेटमा वेष्टब्रोमका म्याकअलीले आत्मघाती गोल गरे ।दोस्रो हाफको ७७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका केनले ८२ औं मिनेटमा हृयाट्रिक पुरा गरे ।

LEAVE A REPLY