गैरआवासीय नेपाली संघ (एनआरएनए), अमेरिकाको पाँचौ साधारण सभालाई डलासमा परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत द्वारा सम्बोधन

0
562

माघ २, २०७३- परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार कुनै खाले विदेशी शक्तिबाट प्रभावित नरहेको दाबी गरेका छन् । ‘न हामी न चीनतिर झुकेका छौं, न त भारततिर नै, हामी नेपालतिर अवश्य झुकेका छौं,’ टेक्सासको डालासमा गैरआवासीय नेपाली संघ (एनआरएनए), अमेरिकाको पाँचौ साधारण सभामा शनिबार बोल्दै महतले भने ‘हामी राष्ट्रवादी हौं, फलानोले सबै गर्‍यो, तिलानोले सबै गर्‍यो भनेर मात्र राष्ट्र बलियो हुँदैन् ।’

Advertisements

 

माओवादी विद्रोहको प्रसंगलाई कोटयाउदै मन्त्रीमहतले सुरुङ युद्वको मार्फत विस्तारवादीहरुलाई हराउनु पर्छ भनेर पनि कुरा आएको स्मरण गर्दै मन्त्रीमहतले भने ‘त्यहि पार्टी (माओवादी) का नेताले कांग्रेस पार्टीका प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे माग गर्दा गर्दै ९ वटा माग राष्ट्रियतासँग सम्बन्धित थिए। हिन्दी सिनेमा हेर्नु हुँदैन, भारतीय पुँजी रहेका सबै उद्योग राष्ट्रिकरण गर्नुपर्छ भन्ने थियो, पछि उहाँले आफू प्रधानमन्त्री हुँदा भारतीयलगानीलाई सुरक्षित गर्ने बिपा सम्झौता गर्नुभयो ।’

 

बाबुराम भट्टराईको नामै उच्चारण नगरि मन्त्रीमहतले सो सम्झौता गर्न भट्टराई प्रधानमन्त्री बन्नु परेको बताए । महतको भनाइ थियो ‘आन्तरिक पार्टीको स्वार्थ, व्यक्तिगत स्वार्थ र विदेश नीति सँग मिसमास गर्दा देशलाई घाटा हुन्छ र अहिलेसम्म देशलाई घाटा भईरहेको मैले महसुश गरेको छु ।’

चर्को नारा, भावनाको राजनीति दिर्घकालीन नहुने उनको भनाई थियो । ‘कुटनीतिक टेबलमा ठोस कुरा गर्नुपर्छ, हाम्रा आवश्यकता र अधिकारहरु ठोसरुपमा राख्नुपर्छ,’ मन्त्रीमहतले  भने‘ सहि ठाँउ र समयमाभनौ, सडकमा होइन् ।’ सडकको प्रर्दशनले छिमेकीहरु झनै संशंकित हुने उनको दाबी थियो ।

यसअघि एक समारोहकाबीच प्रमुख अथितिको रुपमा मन्त्रीमहतले एनआरएनएको पाँचौ साधारण सभाको उदघाटन गरेका थिए । उदघाटन सत्रमा अमेरिकाकालागि नेपाली राजदूत अर्जुन कार्की, एनआरएनएका केन्द्रीय उपाध्यक्ष कुमार पन्त, कांग्रेस केन्द्रीय सदस्य  कल्याण गुरुङ, एनआरएनए अमेरिकाका अध्यक्ष केशव पौडेल लगायतकाले आआफनो मन्तव्य राखेका थिए । आयोजककोतर्फ बाट एनआरएनए अमेरिकाका उपाध्यक्षराम सी पोखरेलले उपस्थित सबैलाई स्वागत गरेका थिए ।

उक्त समरोहमा अमेरिका स्थित क्यालिफोर्निया का लागी नेपालका अवैतनिक वाणिज्य दूत ऋषि ढकाल, तथा समाज सेवी तथा नेपालीहरु बिच निकै परिचित जोडी धनन्जय ढकाल तथा सकुन्तला ढकाल को पनि उपस्थिती थियो ।

साधारण सभाको उदघाटनकै लागि मन्त्री महत, पत्नीसहित बिहीबार टेक्सास आएका थिए ।

LEAVE A REPLY