ललितपुर, शनिबार साँझ भएको कन्सर्टमा छुरा हान्ने मुख्य व्यक्तिसहित १० जना पक्राउ

0
221

ललितपुर प्रहरी परिसरको सामुन्ने रहेको फुटबल चौरमा शनिबार साँझ भएको कन्सर्टमा छुरा प्रहार गर्ने मुख्य व्यक्तिसहित ललितपुर प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

Advertisements

डिएसपी इश्वर कार्की नेतृत्वको टोलीले रातभर गरेको अप्रेसनमा मुख्य व्यक्ति तिखिदेवलका रोहित थापासहित १० जनालाई पक्राउ गरेको हो।

थापाले कन्सर्टमा काभ्रे कानपुर घर भइ ललितपुरको तिखिदेवलमा बस्दै आएका १६ वर्षका मिलन लामाको पेटमा छुरा हानेका थिए।  उनको अल्का अस्पतालमा उपचार भइरहेको छ। केटीको विषयलाई लिएर उनीहरुवीच विवाद भएको बुझिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए।

LEAVE A REPLY