कलिउड सिनेमा अवार्ड’ लण्डनमा

0
251

नेपाली चलचित्रका अवार्डलाई विदेशी भूमिका पुर्‍याउन सफल चलचित्रकर्मी मनोज केसीले अब लण्डनमा अवार्ड आयोजना गर्ने भएका छन् । यसअगाडि, चलचित्र प्राविधिक संघको नेतृत्वमा रहेर उनले मलेसिया, हङकङ र कतारमा अवार्ड आयोजना गरेका थिए ।

Advertisements

प्राविधिक संघको नेतृत्वबाट बाहिर बसेपछि मनोजले यसैबर्ष ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ दुबइमा आयोजना गरेका थिए । अब, केसीले आफ्नो कम्पनी ‘संगिक्षा फिल्मस्’को तर्फबाट लण्डनमा ‘सातौ कलिउड सिनेमा अवार्ड’ आयोजना गर्न लागेका हुन् । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै अवार्डको बारेमा जानकारी दिइएको छ ।

संगिक्षा फिल्मस्को आयोजना र लण्डनको थर्ड आइको सहकार्यमा यो अवार्ड आयोजना हुन लागेको हो । कार्यक्रममा बोल्दै संगिक्षा फिल्मस्का प्रमुख मनोज केसीले नेपाली चलचित्रको विकास र विस्तारका लागि अवार्ड गर्न लागेको बताए । नेफ्टामा आफू आएपछि ‘कलिउड सिनेमा अवार्ड’को श्रृङ्खलालाई रोकेर ‘नेफ्टा अवार्ड’ आयोजना गरेको बताउँदै मनोजले अब रोकिएको अवार्डलाई निरन्तरता दिने बताए ।

LEAVE A REPLY