प्रेमबस्ती उच्च माध्यमिक विद्यालय प्रेमबस्तीको व्यवस्थापन समितिको अध्यक्षमा मिलनबाबु श्रेष्ठ चयन

0
246

चितवन्, गीतानगर सेरोफेरोका आनुसार, प्रेमबस्ती उच्च माध्यमिक विद्यालय प्रेमबस्तीको व्यवस्थापन समितिको अध्यक्षमा नेपाली कांग्रेसका पूर्व नगरसभापति मिलनबाबु श्रेष्ठ चयन भएका छन् । शुक्रबार सम्पन्न अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो ।कांग्रेस, एमाले र माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धीका बीच श्रेष्ठ चयन भएका हुन् । अध्यक्षमा चुनिएपछि प्रतिक्रिया दिँदै श्रेष्ठले विद्यालयको शैक्षिक अवस्थालाई चितवनकै नम्बर १ बनाउन लागिपर्ने बताए ।

Advertisements

विद्यालयमा कुनै पनि राजनीतिक गन्ध फैलन नदिने भन्दै उनले शैक्षिक अवस्था सुधारमा एकबद्ध हुने प्रण गरे । समितिको सदस्यमा देवकी गौतम र श्याम भट्टराईसमेत चयन भए । गौतम कांग्रेस र भट्टराई माओवादीका हुन् ।

LEAVE A REPLY