कविता-पावन हाम्रो यो जन्म भूमि

0
585

शोभा काफ्ले खतिवडा/

मणिको आशनझैँ झलमल मेरो जन्म भूमि छ है
हिंउँका यी फूल फुल्नाले यो त झनै भो अपूर्व नै!!१

Advertisements

कतै डाँडा ढक मक्क छन् रङ्गिन लाली गुराँसले
कतै भूमि सुगन्धित छन चाँपका मिठा ती सुवासले!!२

हिँउका ति शिखर सेता आमाका हुन् शिरका मणि
पहिरन छन् ताश,कुचिनझैँ यिनै देशमा बहेका नदी!!३

सुनाखरी फुल्दछन याँहा मनैको हाम्रो आशनमा बसी
धुपी शल्ला झुल्दछन् याँहा नेपालीको दिलमा नै पसी !!४

आमा हाम्री गर्भको भित्र नै हिरा मोती फलाउँदछिन
त्यो हिरा टिप्ने सन्तान तिमी नै हौ भनि बोलाउँदछिन!!५

छातीको उनको बगैँचामा जाही जुही झुलाउँदछिन
पारिजात पनि उनको सासमा आमा मग्मगाउँदछिन्!!६

पोल्टामा छन् अनेक थरि रत्न हिरा र अनि मोतीका
सुन,चांदी नदीमा बग्छन ज्योति छातीको जुहारका!!७

आमाको धनको पोको हिमाल पहाड तराइ हो अरे
कपालै सरीको जंगल,कति कालो अनि घना पो छरे !!८

यो देश हो ज्ञानको धर्ती यहाँ बिज्ञान पनि फुल्दछ
विकाश यो देशको हाँसो बनेर सबमा ज्ञान झुल्दछ !!९

अव यो देशको छातीलाई विकाशले हामी हँसाई दिऊँ
यो मात्री भूमिको मान विस्वमा हामीले मिली राखिदिऊँ!!१०

अव यो देशले हामी नेपालीको मायाँ पनि त माग्यो है
मिलेर देश बनाउँने कर्मका साथ हाम्रो पनि त माग्यो है!!११

यार्चागुँम्बा हिमालैको यो हो कुबेरको धनको मूल
हिमाली जडी र बुटी नेपालीका हुन् खुशीका बल !!१२

अमूल्य यी जडी र बुटी आमाका हुन् स्नेहका लेपन
पानीमा बगेका ज्योती आमाका दिव्य ज्ञान हुन झन!!१३

के छैन देशमा मेरो यहाँ त भण्डार छ नि कुबेरको
पहिचान गर है सबले अव ज्ञान चच्छु खॊल नेत्रको!!१४

यो देशका सुगन्धित फूल आमाकाछन् ओढनी भरी
चुल्ठी बाटी सजाउने फूल सूर्य र चन्द्र शिरैमा भरी !!१५

विकाशका मूल फुटाउदै अव तिमी लौ अघि नै सर
धुपी सल्ला जडी बुटी झुल्दछन छातीमा झल झल् !!१६

असल सन्तान अब आऊ ज्ञानी बन्दै तिमी अघि बढ
बिकाशका मूल फुटाउदै तिमी देशको बिकाश गर्!!१७

LEAVE A REPLY