समाजसेवी कृष्णहरी सापकोटाले जनताका लागि बनाई दिए करोडौंको आँखा अस्पताल

0
196

गुल्मी, २ माघ । गुल्मीमा एउटै व्यक्तिले करोडौं रुपैया खर्चेर जनतालाई आँखा अस्पताल बनाइदिएका छन् ।

Advertisements

वामी ३ टार निवासी कृष्णहरी सापकोटाले एक रोपनी क्षेत्रफल जमिन वाहेक १ करोड ७५ लाख रुपैयाँ खर्चेर साढे दुईतले आँखा उपचार केन्द्रकोे भवन गुल्मीकै वामीटक्सार बजारमा बनाई दिएका हुन् । आफ्नै नामबाट कृष्णहरी सापकोटा आँखा उपचार केन्द्र वामी गुल्मीको नेपाल नेत्रज्योति संघका केन्द्रिय अध्यक्ष प्राध्यापक डाक्टर तिर्थप्रसाद मिश्रले भव्य समारोका विच उद्घाटन गरेका छन् ।

दानविर कृष्णहरी सापकोटा र उनका परिवारलाई आँखा अस्पताल सञ्चालक समितिले निवासीमै पुगेर वाजा गाजा सहित फुलमाला अविरले स्वागत गर्दै उद्घाटन स्थल सम्म ल्याएका थिए । स्थानिय कसैलाई दुख नदिई सापकोटा आफैले उक्त भवन बनाएका थिए ।

सुरुमा नेत्रज्योति संघ गुल्मीले वामीटक्सार बजारमा आँखा अस्पतालको प्रस्ताव गर्यो । त्यस वेला उपयुक्त जग्गा कतै नपाए पछि त्यो प्रस्ताप असफल हुने देखेर सापकोटाले ६ वटा सडकहरु छोएको आफ्नै एक रोपनी क्षेत्रफल जमिन दिए । पछि सरकारी रकम र दाताको पनि अभाव देखे पछि आफै बनाई दिन्छु भनेर सुरु गरेका थिए ।

सापकोटाका छोरा छोरी बिदेसका बिभिन्न देसमा रहेका छन् । उनले आफ्नो सन्तानको एक पैसा खर्च नगरेर आफ्नो पुर्खेयौंली सम्पत्तीकै श्रोतबाट उक्त अस्पताल बनाएको अस्पताल सञ्चालक समितिका अध्यक्ष सुदर्शन शाक्यले बताए ।

जिल्ला शाखाका सचिव अखिलेश्वरप्रसाद पाण्डेले शाखाको तर्फबाट दानविर सापकोटा र उनको परिवार प्रति कृतज्ञता जाहेर गरे । सदरमुकाम तम्घासबाट वाग्लुङ्गको सिमानामा रहेको वामी गाविसका जनता यस अघि वाग्लुङ्गको हटियामा उपचार गर्न जाने गर्दथे ।अनिल खत्रीदैनिक नेपाल

LEAVE A REPLY