उपाधि होडमा रहेको म्यानचेस्टर सिटीको लज्जास्पद हार

0
223

इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटी लिग अन्तर्गत आइतबार राति भएको खेलमा पराजित भएको छ। एभर्टनको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीलाई ४–० ले हराएउँदै उसको उपाधि यात्रामा धक्का लगाएको हो।

Advertisements

एभर्टनको जितमा रामेलु लुकाकु, केविन मिल्नर, टम डेविस र एडेमोला लुकम्यानले गोल गरे।

हारपछि पाँचौं स्थानमा झरेको म्यानचेस्टर सिटीको २१ खेलबाट ४२ अंक भएको छ । सिटी शीर्ष स्थानको चेल्सी भन्दा १० अंकले पछि परेको छ। ३३ अंकसहित एभर्टन सातौं स्थानमा उक्लियो। हारसँगै सिटीको उपाधी होड लगभग सकिएको छ।

LEAVE A REPLY