कोहलीको कप्तानीमा भारतलाई पहिलो एकदिवसीय जित

0
245

विराट कोहलीको कप्तानीमा भारतले पहिलो एकदिवसीय खेल जितेको छ। महेन्द्रसिंह धोनीले गत साता भारतको एकदिवसीय टिमको कप्तानीबाट राजीनामा गरेपछि विराट कप्तान चुनिएका थिए।

Advertisements

उनको कप्तानीमा इङ्ल्यान्डविरूद्ध पहिलो एकदिवसीय खेलेको भारतका लागि कोहली आफैले र केदार जाधवले शतक बनाएपछि भारतले पाएको ३ सय ५१ रनको विशाल लक्ष्यलाई ११ बल बाँकी रहँदै पुरा गर्यो।

इङ्ल्यान्डले जेसन रोय (७३), जोए रुट (७८) र बेन स्टोक्स (६२) को अर्धसतकका कारण पहिलो ब्याटिङ गर्ने क्रममा ७ विकेटको क्षतिमा विशाल ३ सय ५० रन बनाएको थियो। भारतीय भूमिमा अहिलेसम्मकै सर्वाधिक योगफल बनाएको इङ्ल्यान्डले यसअघि सन् २०११ मा बेङ्लुरुमा ३ सय ३८ रन बनाएको थियो।

यति ठूलो योगफल बनाएपनि विराटले १ सय २२ र केदारले १ सय २० रन बनाएपछि भारतले जित सम्भव पारेको हो। खेलको म्यान अफ दि म्याच पनि केदारलाई घोषित गरियो। उनले ७६ बलमा ४ छक्का र १२ चौकाको सहयोगले १ सय २० रन बनाएका थिए। विराटले १ सय ५ बलमा ५ छक्का र ८ चौका प्रहार गरेका थिए।

LEAVE A REPLY