शनिवार 'किङ' विजनेस आक्रामक

0
238

एक्शन स्टार निखिल उप्रेती सिङगल थिएटरको लागी वक्सअफिसका बादशाह नै मानिन्छन् । चाहे एक महिनाको फरक होओस्, चाहे केहि लामो समय अन्तर, जुन समयमा पनि निखिलको फिल्म रिलिज हुँदा झुर नै बनेपनि ईनिसियल विजनेस आक्रामक हुन्छ । निखिल नाममा नै सुरुवाती दिनमा दर्शकले हल भरिन्छन् ।पाँच बर्षको अन्तरपछि ‘भैरव’ मार्फत पर्दामा आउँदा उनको कमब्याक दमदार रह्यो । त्यसपछि लुटेरा आयो, लुटेराले पनि तहल्का मच्चायो । त्यसपछि करिब डेढ बर्षको अन्तरमा यो हप्ता निखिल स्टारर ‘किङ’ रिलिज भयो । पहिलो शनिबार फिल्मले आक्रामक विजनेस गर्यो । सविर श्रेष्ठ निर्देशित फिल्मका निर्माता जयन श्रेष्ठ हुन् । रुपा राना, जगन श्रेष्ठ पनि लिड अभिनयमा छन् । ‘किङ’को वक्सअफिस विजनेस रिपोर्ट आउन बाँकी छ ।

Advertisements

LEAVE A REPLY