डलर सटही गर्ने भन्दै दश लाख ठगी गरी फरार

0
248

३ माघ, भक्तपुर । भक्तपुरको चागुँनारायण नगरपालिका–५ गेलाल गाउँबाट अमेरिकी डलर साट्ने बाहनामा रु १० लाख ठगी गरेर एक व्यक्ति फरार भएका छन् ।

Advertisements

गेलाल गाउँको एकान्तस्थानमा १० हजार अमेरिकी डलर १० लाख रुपैयाँमा सटही गर्ने भन्दै ओखलढुङ्गा सिद्दिचरण नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौँ ३५ पेप्सीकोला बस्ने वर्ष ५० का मेघनाथ दाहालसँग रु १० लाख ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक दिलबहादर सुवेदीका अनुसार नाम, वतन खुल्न नसकेको मङ्गोलियन अनुहारका ती व्यक्तिले नक्कली डलर दिएर दाहालसँग नेपाली रकम लिएर फरार भएका छन् ।

LEAVE A REPLY