स्थानीय तहको निर्वाचन चैतमा नहुने

0
200

स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब चैतमा स्थानीय तहको निर्वाचन नहुने बताएका छन् । यद्यपि दलहरुवीचको सहमतिमै चुनावको मिति घोषणा गर्ने सरकारको तयारी रहेको बताए । सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेले भने, ‘अब चैतमा चुनाव हुने सम्भावना टर्‍यो, मैले कुनै सम्भावना देखेको छैन ।’ उनले चुनाव कहिले गर्ने भन्ने भन्नुभन्दा पनि मनसुनभन्दा अगावै स्थानीय तहको निर्वाचन हुने बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यू स्वदेश फिर्ता भएलगत्तै हामी सहमतिमै निर्वाचनको मिति घोषणा गर्छौं ।’

Advertisements

LEAVE A REPLY