सोलारको तार सर्ट भएर खोटाङमा आगलागी

0
177

४ माघ, खोटाङ । बाँझेच्यानडाँडा–२ बस्ने महेश गुरुङको घरमा आगलागी हुँदा करिब सात लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।सोलारको तारबाट सोमबार दिउँसो ३ बजेतिर अचानक आगलागी हुँदा गुरुङको नगद १५ हजार रुपैयाँ, एक तोला सुन, घर तथा घरभित्र भएको सम्पूर्ण सामानसमेत जल्दा करिब सात लाख रुपैयाँभन्दा बढीको क्षति भएको हो ।घरमा कोही नभएको समयमा अचानक लागेको आगो स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरी चौकी चिउरीडाँडाले जनाएको छ । आगलागीबाट घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेपछि गुरुङ परिवार बिचल्लीमा परेका छन् ।आगलागीबाट क्षतिको मुचुल्का तयार गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ । आगलागी पीडित परिवार अहिले आफन्तकोमा आश्रय लिएर बसिरहेको छ ।

Advertisements

LEAVE A REPLY