गैरकानुनी र बदनियतपूर्ण रुपमा आफूलाई हटाइएको जिकिर गर्दै सुशील ज्ञवालीद्वारा सर्वोच्चमा रिट

0
205

३ माघ, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट हटाइएका सुशील ज्ञवालीले गैरकानुनी र बदनियतपूर्ण रुपमा आफूलाई हटाइएको जिकिर गर्दै पुनःबहालीको माग गरी आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

Advertisements

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रिपरिषद्, प्रधानमन्त्री र डा गोविन्दराज पोखरेललाई समेत विपक्षी बनाई दायर गरेको निवेदनमा आफूलाई हटाउने र डा. पोखरेललाई नियुक्त गर्ने काम गैरकानुनी भएको जनाई अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै निवेदन दिएका हुन्।

निवेदनमा भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी ऐन, २०७२ दफा ११ (३) मा पाँच वर्षको पदावधि हुने उल्लेख भएकाले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने पत्रमा नै पाँच वर्षका लागि नियुक्त गरिएको तथा प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको हैसियतले कानुनले तोकेको काम, कर्तव्य र अधिकारको पालना तथा प्रयोग गर्दै आएको जिकिर गरिएको छ ।

गत पुस २७ गतेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई हटाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा डा. पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको थियो । पुस १४ र २१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार ज्ञवालीसँग दुई पटक स्पष्टीकरण सोधिएको थियो ।

LEAVE A REPLY