नेयमारले उछिने मेस्सी र रोनाल्डो लाई

0
267

युरोपमा बार्सिलोनाका स्ट्राइकर नेयमार सबैभन्दा महंगा खेलाडी भएको एक अध्ययनले देखाएको छ ।

Advertisements

उनी टिममेट लिओनल मेस्सी भन्दा पनि अगाडि छन् । सीआईइएस फुटबल अब्जरभेटरीले तयार पारेको मूल्यवान १० फुटबलरको सूचीमा नेयमार करिव २१६ मिलियन पाउण्डका साथ शीर्ष स्थानमा छन् ।

१४९ मिलियन पाउण्डका साथमा अर्जेन्टिनी स्टार मेस्सी दोस्रो स्थानमा छन् भने रियल मडि्रडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो १११ मिलियन पाउण्डका साथमा सातौं स्थानमा छन् ।

शीर्ष १० को सूचीमा इंग्लिस खेलाडी एक मात्र छन् । टोटनहृयामका हृयारी केन यो सूचीमा परेका छन् । तेस्रो नम्बरमा पल पोग्बा, चौथो नम्बरमा एन्टोनी ग्रिजम्यान, पाँचौं नम्बरमा लुइस स्वरेज छन् ।खेलाडीहरुको ट्रान्सफर मूल्य तथा प्रस्तावका आधारमा तयार पारिएको युुरोपका महंगा खेलाडीको सूचीको आठौं नम्बरमा डिबाला छन् भने नवौंमा डेल हली र दशौं नम्बरमा इडेन हजार्ड छन् ।

LEAVE A REPLY