दास र रमिते जनता हरु

0
291

हामी विवेक भएर पनि विवेकहीनहरू
हामी अवाज भएर पनि अवाजविहीनहरू
हामी अँखा भएर पनि दृश्यविहीनहरू
फगत, दासहरूबाट आशा अनि भरोशा गर्दै गयौ

Advertisements

हामीले सिमानामा राख्यौ दासहरूलाई भूगाेल जोगाउछन कि भनेर,
चन्द्र सूर्य अंकित झण्डा सुम्पियौ  दासहरूलाई देश चिनाउन् भनेर
हाम्रा भाषाहरू दियौँ दासहरूलाई सम्वृद्धिको ईतिहास लेखाउन् भनेर
हाम्रो विविधताको सस्कृती र भेषभूषा सुम्पियौँ एकताको,पहिचान देखाउलान् भनेर

तर,दासहरूले सीमा पारिकाको नूनको सोझो गरी, धर्तीआमा लाई आक्रामण गरे
हाम्रो झण्डा च्यातेर अखण्डभूमि नेपाललाई खण्डखण्ड गर्नुपर्छ भनेर  चिच्याय
हाम्रै भाषाहरूको अपव्याख्या गरि घृणाको झूट ईतिहास लेखाए

हाम्रै टोपी, बख्खु र धोती को चिरहरण गर्दै हामी लाई सधै बेवकुफ बनाए

 

हामी किन फगत आज्ञाकारी पाठक भएर पड्दै गयौ, यती हुँदा सम्म किन मौन रहौ

विवेक बन्धकमा राखेका दासहरू चिनिसकेपछि,नचिनेझैँ किन छुट दिदै गयौ

हामी किन निरीह भएर बसियो, किन तमासे फगत तमासे भएर हेरियो

अब अघी बड्नु पर्छ साथी हो नत्र हाम्रो गर्धन सेरियो

LEAVE A REPLY