अस्ट्रियाका कलाकार ग्रिफ ले सांस्कृतिक कार्यक्रमबाट सङ्कलित रकम नेपालका भूकम्पपीडितलाई सहयोग

0
209

अस्ट्रियाका कलाकार फेड्रिक ग्रिफ ले सांस्कृतिक कार्यक्रमबाट सङ्कलित रकम नेपालका भूकम्पपीडितलाई सहयोग गरेका छन्।

Advertisements

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतविक्षत बनेको नेपालमा फ्रिजी लाइट भेरेन संस्थामार्फत आफ्नो कलाकारिताबाट उठेको रकम नेपालका भूकम्पपीडितलाई सहयोग गरिएको हो।

ग्रिफले आज पत्रकार सम्मेलन गरी नेपालको समस्यामा केही भए पनि सहयोग पुग्ने उद्देश्यका साथ आफूले सहयोग गरेको बताए। सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा, रामेछाप दोलखा, सोलुखुम्बुका विभिन्न स्थानमा १८ शेर्पाको सहयोगमा सात दिन पैदल हिँडेर खाद्यान्न र लत्ताकपडा वितरण गरिएको थियो।

उनले भने “म कलाकार हुँ, कलाकारिताबाट आर्जन गरेको रकम विभिन्न देशका गरिब–दुःखीको सेवामा खर्चेको छु, नेपालमा पनि भूकम्प आएको थाहा पाउनासाथ सहयोगका लागि आएको हुँ।”

ग्रिफले सन् २०१६ मा २० लाख बराबरको सहयोग गर्नुभएकामा सन् २०१७ मा  ४० लाख रुपैयाँको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सो संस्थाले बुधबारदेखि सोलुखुम्बुमा १५० घरधुरीलाई स्लिपिङ ब्याग र ज्याकेट वितरण गर्दैछ भने माघ १५ गते सिन्धुपाल्चोकको माङ्खा गाविसमा निर्मित पञ्चकन्या आधारभूत विद्यालयको भवन हस्तान्तरण गर्दैछ। रासस

LEAVE A REPLY