दिवंगत गायक यम बुद्धकी आमाको फेसबुकमा भेटिएका केही तस्बिरहरु

0
248

काठमाडौं,  आमा संसारको सबैभन्दा महान शब्द । यही शब्द वरीपरि संसारभर धेरै साहित्य र गीत संगीत बनाइएका छन् । ठीक त्यस्तै दिवंगत गायक यम बुद्धले पनि आमालाई सम्झिएर ¥याप गीत गाएका थिए–कसरी व्यक्त गरु म यी मेरा भावना, सँधै खुसी राख्न सकुँ तिमीलाई मेरी आमा ।’ तर, अफसोस् आमालाई खुसी राख्न सपना देखाउने उनै गायक अनिल अधिकारी यमा बुद्धले आफ्नै आमालाई भने रुवाएर गएका छन् । शनिबार बेलायतकाे लन्डनमा अाफ्नै घरमा झुन्डिएकाे अवस्थामा भेटिएका यम बुद्धकाे निधनले नयाँ पुस्तालार्इ स्तब्ध बनाएकाे छ । उनकाे मृत्युसँगै सामाजिक सञ्जालमा समवेदना प्रकट हुने क्रम अहिलेसम्म जारी छ । निकै छाेटाे समयमा चर्चाकाे शिखरमा पुगेका यम बुद्धकाे परिवार पनि यतिबेला निकै ठूलाे अाहतमा छ ।उर्मीला अधिकारी अर्थात अनिल अधिकारी यमा बुद्धकी आमा । जसको फेसबुकमा केही तस्बिरहरु छन् । एउटा तस्बिरमा छोरा अनिलको अंगालोमा ‘भि साइन’को तस्बिर राखेकी छिन् । ‘टु फिङगर’को अर्थ हुन्छ, ‘उनको उपस्थितिको माग’ । टु फिङ्गरले अथ्र्याएको परिभाषा भित्र उर्मिलाका सपनाहरु अब छचल्किएका छन् ।उनले जन्माएको, हुर्काएको, बढाएको यम बुद्ध सँधैको लागि उनीहरुबाट टाढा भइसकेका छन् । तर, यी तस्बिरहरुले उर्मिला र उनको जीवनमा बल्झिरहने अतित बनेर आइरहने छन् । हेर्नुहोस् यम बुद्धको परिवारसँगका केही तस्बिरहरु ।

Advertisements

LEAVE A REPLY