निजी मेडिकल कलेजले बढी शुल्क लिएको गुनासो संसदीय समितिमा

0
264

काठमाडौं– निजी मेडिकल कलेजले तोकिए भन्दा बढी शुल्क लिएको गुनासो आइरहेको सांसदहरुले बताएका छन् । मंगलवार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिमा सांसदहरुले उक्त प्रशंग उठाएका हुन् ।

Advertisements

सांसद श्रीमाया थकालीले निजी मेडिक कलेजले मनलाग्दी शुल्क लिएको गुनासो आफूकहाँ आएको बताइन् । उनले भनिन्, ‘काठमाडौंमै ६५ लाख रुपैयाँसम्म तिरेको बताउने विद्यार्थीहरु छन् । यसरी मनलाग्दी शुल्क लिइरहँदा शिक्षा मन्त्री के हेरेर बसिरहनुभएको छ ?’ थकालीको कुरामा अर्का सांसद टिएल चौधरीले सहमति जनाउँदै एमबिबिएसमा मेरिट अनुसार होइन, पैसा अनुसार भर्ना गरिएको बताए । उनले शिक्षा मन्त्रालयकै एक कर्मचारी समेत बढी शुल्कको मारमा परेको गुनासो आफूकहाँ आएको जानकारी दिँदै प्रश्न गरे, ‘निगरानी किन भएन ? मनलाग्दी गर्न दिने हो भने डा गोविन्द केसीसँग सम्झौता किन गरियो ?’ डा केसीसँगको सम्झौता सरकारले कार्यान्वयन नगरेको भन्दै सांसद थकालीले कुरा उप्काएकी थिइन् ।सांसदहरुका यी प्रश्नको जफाव दिन पुगेका शिक्षा मन्त्री धनीराम पौडेल निजी मेडिकल कलेजप्रति रक्षात्मक देखिए । उनले आफू समक्ष पनि गुनासो आइपुगेको बताए तर शुल्कका विषयमा जानकारी नभए जस्तो गर्दै भने, ‘मुद्रास्फितिका कारण समायोजन गरिएको होला । तोकिएको शुल्क भनेको के हो ?’स्वास्थ्य खबरपत्रिका बाट

LEAVE A REPLY