सेल्फी लिएका बिरामीको मृत्यु

0
305

एजेन्सी– बिरामीसँग सेल्फी खिच्ने इटालीका चिकित्सक र नर्सहरुमाथि अनुसन्धान सुरु भएको छ । चिकित्सकले सेल्फी लिएका बिरामीको केही दिनपछि मृत्यु भएको थियो ।

Advertisements

मृत्युपछि चिकित्सकले हदै लापरबाही गरेको भन्दै उनीहरुमाथि अनुसन्धान सुरु भएको हो । पेरुजिआ चिकित्सकले ४८ वर्षीय बिरामी गिनो पुकिआरेलीको शल्यक्रियापछि उनीसँग सेल्फी लिएको तस्बिर सार्बजनिक भएको थियो । सेल्फीलाई अस्पतालले सामान्य  र नियमित घटना भएको बताएको छ ।

पुकिआरेलीको को सन् २०१५ जुलाई ३ मा पहिलो पटक शल्यक्रिया भएको थियो । भोलीपल्ट उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । तर, शल्यक्रियापछि उनको निरन्तर ब्लिडिङ भयो । उनी आठ दिनपछि पुनः भर्ना भए र भोलिपल्ट उनको मृत्यु भयो ।
चिकित्सकले लापरबाही गरेको आरोप बिरामीका परिवारले  लगाएका छन् । सो घटना अनुसन्धान गर्न आफ्नो तर्फबाट वकिल खडा गरेका छन् । पाँच जना चिकित्सकहरुमाथि हत्या गरेको आरोप लगाउँदै उनीहरुलाई मुद्दा लगाइएको छ । प्रमाणको रुपमा चिकित्सकले खिचेको सेल्फी प्रस्तुत गरेका छन् ।बिरामीमा निदाएपछि बारम्बार श्वास रोकिने समस्या थियो ।

LEAVE A REPLY