फुड पोइजनिङबाट जोगिन, गरौ यी उपायहरु

0
279

एजेन्सी– हरेक पटकको खानेकुराले मानिसको शरीरमा फाइदा मात्र गर्छ भन्ने हुँदैन। खानेकुराको सन्तुलन नमिल्दा र स्वस्थ खानेकुरा नखाँदा पेटले पचाउन सक्दैन। कहिलेकाहीँ खाना खानेसाथ बान्ता आउँछ, कहिले पेट डम्म भएर ढाडिन्छ त कहिले पखाला लागेर हैरान। यस्ता समस्या फुड पोइजनिङका कारण हुनसक्छन्।  विशेषगरी, बासी खानेकुरा वा घाममा तातेको खानेकुरा खाँदा फुड पोइजनिङ हुन्छ।

Advertisements

अमेरिकामा हरेक वर्ष चार करोड ८० लाख मानिसलाई फुड पोइजनिङ हुने गरेको तथ्यांक छ। त्यहाँ बर्सेनी एक लाख २८ हजार मानिस फुड पोइजनका कारण अस्पताल भर्ना हुन्छन्। फुड पोइजनिङकै कारण प्रत्येक वर्ष ३ हजार अमेरिकीको मृत्यु हुने गरेको छ। फुड पोइजनिङलाई सामान्य ठानेर अस्पताल नजानेहरुको संख्या धेरै हुन्छ। मानिसको बानी कस्तो हुन्छ भने, खानाकै कारण पखला लाग्यो भने खानाको असरबारे अनुमान लगाउँदै आफैँ औषधी खान्छन्।

फुड पोइजनिङबाट बच्ने उपायः

१. खानालाई कोठाको तापक्रममा लामो समयसम्म नराख्नुहोस्। घरमा, बाहिर, पार्टी वा रेस्टुरेन्टमा किन नहोस् बाहिरी वातावरण वा कोठाको तापक्रममा रहेको खानेकुरामा फुड पोइजनिङको खतरा बढी हुन्छ। यस्तो तापक्रममा ब्याक्टेरियाको संक्रमण बढ्ने खतरा हुन्छ। अमेरिकाको युनिर्भसिटी अफ मेडिकल सेन्टरका विज्ञ ग्राबियल जुड भन्छन्, ‘सामान्यतया ५ देखि ६० डिग्री सेल्सिय तापक्रममा ब्याक्टेरिया रमाउँछन्। कोठाबाहिर क्लोस्ट्रिडियम परफ्रिङ्गर नामको ब्याक्टेरियाले फुड पोइजनिङ गराउँछ।’

कोठाको तापक्रममा बेसिलस नामक ब्याक्टेरिया पाइन्छ। यसले चामल, सुप, सस र छोडेका खानेकुरालाई विषयुक्त बनाइदिन्छ। खानेकुरालाई दुई घण्टाभन्दा बढी समय कोठाको वा बाहिरी वातावरणको तापक्रममा राख्दा फुड पोइजनिङ हुन सक्छ। यी ब्याक्टेरियाको संक्रमणले बिरामीलाई अस्पताल नै लैजान नपरे पनि २४ घण्टासम्म कमजोर बनाउँछ। तसर्थ खानेकुरालाई दुई घण्टाभन्दा बढी समय राख्नुपरेमा फ्रिजमा राख्नुपर्छ।

२. अधिकांश मानिसलाई कुखुराको मासु खाँदा फुड पोइजनिङ हुने गरेको विज्ञहरुको भनाइ छ।

कुखुराको छालामा क्याम्पिलोब्याक्टर नामक किटाणू हुने युनिभर्सिटी अफ ग्लासगोका ब्याक्टोरिया विज्ञ एन्ड्रियु रोइ बताउँछन्। उनले अमेरिकामा फुड पोइजनिङका पाँच लाख बिरामीका केस हेरेका छन्। हरेक पाँच जनामध्ये चार जनामा संक्रमित मासुका कारण फुड पोइजनिङ हुने उनले बताए। तसर्थ कुखुराको मासु खाँदा राम्रोसँग पकाउनुका साथै सकेसम्म छाला खानु हुँदैन।

३. आफूलाई मन परेको फलफूल भेट्ना साथ केही नसोची क्वाप्प खाइहाल्ने बानी धेरैको हुन्छ। तर फलफूल खाँदा जहिले पनि धोएर खाने बानी बसाल्नुहोस्। फुड पोइजनिङ गराउनुमा मासु र बासी खानेकुरासँगै नधोईकन खाइएको फलफूलको पनि उत्तिकै भूमिका हुनसक्छ। सन् २०१३ मा अमेरिकाको रोग नियन्त्रण तथा उन्मूलन केन्द्रले गरेको अध्ययन अनुसार अमेरिकामा खानेकुराबाट हुने रोगमध्ये ४६ प्रतिशतमा फलफूल र सागसब्जीको कैफियत भेटिएको थियो। अधिकांश ब्याक्टेरिया फलफूल तथा सागसब्जीको बोक्रामा देखिएको थियो। बोक्रालाई

राम्रोसँग नताछ्दा र नधुँदा ब्याक्टेरियाहरु फलफूलको भित्रि भागसम्म पुग्ने गरेको अध्ययनमा जनाइएको छ।

४. खानालाई पुनः तताउँदा पनि फुड पोइजनिङको खतरा हुन्छ। सामान्यतया माटोमा हुने ब्याक्टेरिया खाद्यन्नमा हुने गर्छ। खाना पकाउँदा ती ब्याक्टेरिया मर्छन्। तर, कोठाको तापक्रममा सोही खाना राख्दा त्यसका विषाणु उत्पन्न हुन्छन् र पुनः ब्याक्टेरियामा परिणत हुन्छन्। भातलाई पुनः तताउँदा त्यहाँ भएका ब्याक्टेरिया मर्ने गरी तताउनुपर्छ। तसर्थ बाँकी रहेका कुनै पनि खानेकुराबाट फुड पोइजनिङ हुने विज्ञहरु बताउँछन्। पकाइएका खानेकुरा तीन चार दिनभन्दा बढी नखान पनि विज्ञहरुको सुझाव छ।

LEAVE A REPLY