युएईबाट फर्केर आएपछी प्रचण्डको गुनासो: आखिर दुई दिन नै त हो विदेश गएको

0
216

 

 

४ माघ, काठमाडौं । यूएई भ्रमणलाई लिएर आलोचना भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वदेश फर्केकै दिन असन्तुष्टि जनाएका छन् ।

Advertisements

तीन दिने यूएई भ्रमण पूरा गरेर मंगलबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले उर्जा सम्मेलनमा प्रमुख वक्ताका साथै दुईपक्षीय वार्ता गर्ने निम्तो आएकाले आफू विदेश गएको बताए । तर, आफ्नो भ्रमणलाई लिएर नेपालमा आलोचना भएको भन्दै उनले भने- ‘मलाई बडो नमिठो लागेको छ, १ गते त यसै पनि विदा थियो । दुई दिन नै हो ।’

यो भ्रमण जलविद्युत क्षेत्रमा लगानी भित्र्याउनुका साथै त्यहाँ रहेका २ लाख बढी नेपालीको समस्याबारे द्वीपक्षीय कुराकानी गर्ने महत्वपूर्ण अवसर भएको प्रधानमन्त्रीले बताए ।

भारत भ्रमणबाट फर्किँदा पनि आफूले सञ्चारकर्मीहरुलाई धेरै नकारात्मक नहुन आग्रह गरेको स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘साह्रै नकारात्मक सोचाइ राख्ने कुराले नेपालको हित गर्दैन । राम्रो कुरालाई राम्रो भन्न सक्नुपर्‍यो, राम्रोमा पनि नराम्रै खोतल्ने गर्नु भएन ।’

चुनाव घोषणा छिट्टै

प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचनको मिति छिट्टै घोषणा हुने बताए । निर्वाचनका लागि आवश्यक राजनीतिक सहमति जुटाउन आफू लागिपरेको भन्दै उनले निर्वाचन सम्बन्धी विधेयक संसदबाट छिटै पारित हुने विश्वास व्यक्त गरे ।

दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन आफ्नो यूएई भ्रमण सफल भएको प्रधानमन्त्रीले दाबी गरे । साथै नेपालको उर्जा क्षेत्रमा लगानी गर्न सम्मेलनमा सहभागी सबै राष्ट्रले प्रतिवद्धता जनाएको पनि उनले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेटसका युवराज शेख महम्मद विन जायद अल नाहृययनको निमन्त्रणामा उर्जा सम्मेलनमा भाग लिन माघ १ गते अबुधावी प्रस्थान गरेका थिए ।

LEAVE A REPLY