नेपालको मेडिकल सिटी चितवन जिल्लाको स्वास्थ क्षेत्रमा सुधारका सन्केत हरु

0
597

मेडिकल सिटी को नाम ले ख्याती कमाएको नेपालको एक मात्र जिल्ला चितवन को स्वास्थक्षेत्र निकै दयनिय अवस्थामा थियो, सोही कुरालाई मनन गरी प्रमुख जिल्ला अधिकारी को सकृयतामा चितवन जिल्ला स्वास्थ क्षेत्र सुधार सुझाब कार्यलदल गठन गरियो।  बिजय सुबेदी को सम्योजकत्यो मा गठन गरीएको उक्त  कार्यसमितीका अन्य पदधिकारी सदस्यहरुमा क्रमश प्रेम रिमाल्,  हरीप्रसाद पोख्रेल्,संगीता भट्टराई, दिनेश कोईराला,  रामचन्द्र ढकाल्, र सचिव मा  बिजयकुमार झा रहनु भयको छ।  उक्तकार्य दलको गठन पछी जिल्लाका बिभिन्न अस्प्ताल हरु भरतपुर हस्पिटल , बिपी कोईराला मेमोरियल क्यान्सर हस्पिटल , रत्ननगर हस्पिटलका प्रमुखहरु सँग अन्तरकृया गरी स्वास्थ क्षेत्र सुधार का लागी गर्न सकिने  र तत्काल गर्नु पर्ने सुधारका काम हरु बारेमा सल्लाह र सुझाब हरु लिने काम गरियो ।

Advertisements

यस पछी जिल्लाका बिभिन्न प्राइभेट अस्पातल प्रमुखहरु र अन्य बौदिक तथा प्रबुद्ध नागरिकहरु सग अन्तर्कृया गरी  वहाँहरुको सल्लाह र सुझाब लाई समेटी छिटै एक प्रतिबेदन पेश गरी प्रथमिकताका आधारमा ब्यापक सुधार का कामहरु गरिने जानकारी सदस्य दिनेश कोईराला ले दिनुभयो ।

LEAVE A REPLY