नेपाली सेनाको अमलदार हत्या गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ:लुटपाट गर्न हत्या गरिएको खुलासा

0
190

काठमाडौंको बाफलमा नेपाली सेनाको अमलदार हत्या गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

Advertisements

वर्ष १७ को पवन कार्की र रोशन परियारलाई पक्राउ गरेको काठमाडौं प्रहरीका निमित्त प्रमुख एसपी प्रद्युम्न कुमार कार्कीले जानकारी दिए। पक्राउ परेका दुवै सडकमा हुर्कदै आएका युवकहरु हुन्।

उनीहरुले गत पुस २९ गते आर्मी मेडिकल कलेजमा कार्यरत सानो भर्याङका २४ वर्षीय युवराज घिमिरेको हत्या गरेका थिए।

रातको समयमा ढुंगाले हानेर घिमिरेको उनीहरुले हत्या गरेको प्रहरीले दाबी गरेको छ।

घिमिरेको हत्यापछि उनको साथमा रहेको ९ सय रुपैयाँ, आइफोन र ल्यापटप आफूहरुले लगेको उनीहरुले बताएका छन्। प्रहरीले घिमिरेको आइफोन र ल्यापटप बरामद गरेको छ।

घिमिरेसँग धेरै रकम भएको आशंकामा रकम लुट्न उनीमाथी आक्रमण गरेको र जम्मा रकम ९ सय मात्र फेला परेको उनीहरुले प्रहरीसमक्ष वयान दिएका छन्। ‘सडकमा सुत्ने, मौका परे सडकमा हिडिरहेकाहरुलाई नै लुट्ने उनीहरुको प्रवृत्ति देखियो,’ एसपी कार्कीले भने।

LEAVE A REPLY