अमेरिका जान खोज्ने नेपाली दिल्लीमा पक्राउ

0
214

५ माघ, काठमाडौं । भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाटै एक नेपाली र अमेरिकामा बस्दै आएका तिब्बती शरणार्थी पक्राउ परेका छन् । तिब्बती शरणार्थी वाङयाल पेमा र नेपाली नागरिक राजेन्द्र गुरुङ हालै पक्राउ परेका हुन् । भारतीय सञ्चार माध्यमहरुका लागि वाङयालले ४० लाखका लागि नेपाली नागरिक राजेन्द्रलाई न्यूयोर्क जान सहयोग गरेका थिए ।

Advertisements

उनीहरुले विमानस्थलको शौचालयमा गएर एकअर्काको ट्राभल डकुमेन्टका साथै बोडिङ पास र पासपोर्ट साटेका थिए । तर, राजेन्द्रसँग वैधानिक भिसा नै थिएन ।

उनलाई तिब्बती शरणार्थी वाङयाल पेमाले तिब्बती नागरिकका रुपमा प्रस्तुत गरेका थिए । तर, युनाइटेड एयरलाइन्सका स्टाफले केही गडबड भएको भन्दै सुरक्षा अलर्ट गराए ।

लगत्तै प्रहरीले अनुसन्धान गर्ने क्रममा राजेन्द्र नेपाली नागरिक भएको खुलेको छ ।

समाचारहरुमा जनाइए अनुसार पेमा एक महिना अघि भारत आएका थिए र, महिपालपुरस्थित होटलको यात्राका क्रममा राजेन्द्रसँग चिनजान भएको थियो ।

विमानस्थलका डीसीपी संजय भाटियाले दुबै व्यक्तिमाथि छानविन भइरहेको बताएका छन् । र, अनुसन्धानका क्रममा राजेन्द्र अमेरिका शरणार्थी बन्न र न्यूयोर्कसम्म लैजान पेमालाई ४० लाख दिन तयार भएको पाइएको उनले बताए ।

LEAVE A REPLY