अख्तियारले स्थानीय मन्त्रालयको सचिव र सहसचिवलाई बोलायो

0
215

५ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय विकास मन्त्रालयका सचिव र सबै सहसचिवहरुलाई आयोगमा बोलाएर मन्त्रालयका पदाधिकारीहरुलाई अख्तियारी दुरुपयोग गरेका मन्त्रालय मातहतका अधिकारीहरुलाई किन कारबाही नगरेको भन्दै प्रश्न गरेको छ । आयोगले विभागिय कारबाही गर्न, असुल उपर गर्न सिफारिस गरेको कारबाही नगरेकोमा चासो राखेको हो ।

Advertisements

साथै  मन्त्रालयका नाममा अस्वभाविक रुपमा पेश्की बेरुजु बढेकोबारे जानकारी मागेको छ । पछिल्लो समय स्थानीय विकास मन्त्रालयको नाममा रहेको पेश्की रकम फर्छौट नभएपछि आयोगले मन्त्रालयका सबै जिम्मेवार पदाधिकारीलाई आयोगमै बोलाएको हो । आयोगका पदाधिकारीहरुले अस्वभाविक रुपमा पेश्की बढिरहँदा पनि किन फछ्र्यौटका लागि ध्यान नदिएको भन्दै सचेत गराएको थियो ।

आयोगले पेश्की बेरुजुलाई तत्काल नियन्त्रण गर्न चेतावनी समेत दिएको छ । स्थानीय विकास मन्त्रालयको नाममा रहेको कुल बेरुजु रकमको ३३ प्रतिशत पेश्की रहेको र त्यस्तो पेश्की फछ्र्यौट हुन सकिरहेको छैन ।

मन्त्रालयले भने स्थानीय निकायबाट आय आर्जन गरेको आम्दानीमा पेश्की बेरुजु बढेको बताएको छ । अहिले स्थानीय विकास मन्त्रालयमा २०४६ सालदेखिको पेश्की रकम फछ्र्यौट हुन नसकेको स्रोतले जनाएको छ ।

LEAVE A REPLY