सुनचाँदीको मूल्य घट्यो

0
211
बिहिबार सुनचाँदीको मूल्य केही घटेको छ। नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार बिहिबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ भने चाँदी ५ रुपैयाँले घटेको छ।
अघिल्लो दिन स्टाण्डर्ड सुनको मूल्य प्रतितोला ५५ हजार ५ सय रुपैयाँ रहेकोमा बिहिबार ५५ हजार २ सय रुपैयाँमा झरेको छ। ९९. ९ प्रतिशत शुद्ध सुनलाई ‘स्टाण्डर्ड’ भन्ने गरिएको छ।
त्यस्तै ‘फाइन’ अर्थात ९९. ५० शुद्ध सुनको मूल्य ५४ हजार ९ सय रुपैयाँ रहेको छ। अघिल्लो दिन तोलामा ८ सय रुपैयाँ रहेको चाँदीको मूल्य बिहिबार ७ सय ९५ कायम भएको छ।

LEAVE A REPLY