काभ्रेमा सवारी दुर्घटनाः माओवादी नेतासहित तीन जना सख्त घाइते

0
221

काभ्रे, ६ माघ । काभ्रेमा सवारी दुर्घटना हुँदा माओवादी नेतासहित तीन जना सख्त घाइते भएका छन् ।विहिबार काभ्रेको विकट डाडापारीको घर्तीछाप गाविसमा कृषि विकास कार्यालयको बा १ झ ५४०८ को नम्बरको जीप दुर्घटना हुँदा गाडीमा सवार माओवादी केन्द्र जिल्ला सचिव इन्द्रबहादुर थिङ, कृषि विकास कार्यालय प्रमुख दुर्गा प्रसाद पण्डित र चालक सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

Advertisements

घाइतेको उद्दारका लागि नेपाली सेनाको हलिकप्टर आउन लागेको र घटनास्थलमा प्रहरी परिचालन गरिएको काभ्रेका ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर शेखरजंग मल्लले जानकारी दिए ।काभ्रेको दुर्गम ठाउँ डाँडापारी क्षेत्रलाई कृषि पकेट घोषणा गरेर फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो ।

LEAVE A REPLY