टेभेजलाई स्वागत गर्न चिनियाँ समर्थकको ओइरो

0
228

अर्जेन्टिनी स्ट्राइकर कार्लोस टेभेज चीनको संघाई शहरमा उत्रिँदा उनलाई स्वागत गर्न विहिबार विमानस्थल अगाडि सेन्हुँवा क्लबका सयौं समर्थक भेला भएका थिए। ३२ वर्षीय टेभेजलाई सेन्हुँवा क्लबले हाई प्रोफाइल फुटबल खेलाडीको रुपमा केही समयअगाडि अनुबन्धित गरेको थियो।

Advertisements

उनी विहिबार आउने जानकारी पाएपछि संघाई विमानस्थल वरिपरी प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो। तर पनि सयौंको संख्यामा विमानस्थल पुगेका क्लब समर्थकले टेभेजको आगमनमा खुसी व्यक्त गर्दै ‘कार्लोस! कार्लोस!!’ को नारा लगाएका थिए। उनको अनुहार हेर्न समर्थकको भीड लागेपनि उनी कुनै प्रतिक्रिया नदिई विमानस्थलबाट बाहिरिए।

टेभेजलाई चिनियाँ क्लबले अर्जेन्टिनी क्लब बोका जुनियर्सबाट अनुबन्धित गरेको थियो। उनीभन्दा अगाडि अर्को विपक्षी चिनियाँ क्लब एसआइपिजीले ब्राजिलका ओस्कारलाई करिब ६ अर्ब ८७ करोड रुपैयाँमा चेल्सीबाट भित्र्याएको थियो, जुन एसियाको खेलाडी सम्झौतामा नयाँ कीर्तिमानी रकम थियो।

आफ्नो खेल जीवनमा गोल मेसीनको रुपमा चिनिएका टेभेजले म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र युभेन्ट्सजस्ता क्लबबाट खेल्दा थुप्रै गोल गरेका थिए। जसलाई भित्र्याउन चिनियाँ क्लबले वार्षिक १ अर्ब २१ करोड खर्चिएको छ। तर, अर्जेन्टिनी समाचारपत्रका अनुसार उनका लागि चिनियाँ क्लबले २ वर्षमा करिब ४ अर्ब ३९ करोड रुपैयाँ खर्चिदै छ। जुन लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोको भन्दा बढि मानिएको छ।

LEAVE A REPLY