सुनसरी,अर्नाको आक्रमणबाट एक महिला गम्भीर घाइते

0
215

 

अर्नाको आक्रमणबाट बिहीबार एक महिला गम्भीर घाइते भएकी छन्।

घाइते हुनेमा सुनसरी मधुवन–१ बस्ने ४० वर्षीया राधादेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Advertisements

कोसी टप्पु वन्यजन्तु आरक्षमा खर काट्न गएको बेला अर्नाले आरक्षभित्र आक्रमण गरेपछि खत्वे गम्भीर घाइते भएको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए।

घाइते खत्वेलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा ल्याएको र यहाँ उपचार सम्भव नभएका कारण थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ । रासस

LEAVE A REPLY