'६क्का पञ्जा'ले बनायो अर्को कीर्तिमान

0
254

यस वर्ष रिलिज भएको दीपाश्री निरौलाको निर्देशकिय डेब्यू फिल्म ‘६क्का पञ्जा’ले नेपाली फिल्मको इतिहासमा सर्वकालिन कमाइ गरेर रेकर्ड राख्यो। यसको सिलसिला यसमै रोकिएको छैन्। फिल्मले अर्को एउटा कीर्तिमान बनाएको छ.

Advertisements

फिल्मले भिडियो सेयरिङ संजाल यूट्यूबमा कीर्तिमान कायम गरेको हो जून सम्भवत कुनै पनि नेपाली फिल्म बनाएका छैनन्। यूट्यूबमा रिलिज भएको साता दिनमा ५० लाख बढीको भ्यू काउन्ट पार गरेपछि फिल्मले छोटो समयमा सर्वाधिक हेरिएको फिल्मको कीर्तिमान आफ्नो पोल्टामा पारेको हो।

समाचार तयार पार्दा सम्म फिल्मलाई ५० लाख ८६ हजार भन्दा बढि पटक हेरिसकिएको छ भने ३५ हजार भन्दा धेरैले लाइक गरिसकेका छन्।

त्यस्ते फिल्मको ‘पूर्व पश्चिम रेल’ पनि कीर्तिमान उन्मुख छ। गीतले सात महिनाको अवधिमा ९९ लाखको आँकडा पार गरिसकेको छ। फिल्मको अर्को गीत देखन चम्पाले पनि ४५ लाखको बिन्दु पार गरिसकेको छ।

इतिहासमा सर्वाधिक व्यवसायिक सफलता हासिल गरेको यस फिल्मका निर्माताले यसअघि बनाएको ‘वडा नम्बर ६’को सुर्के थैली गीतले यूट्यूबमा १ करोडको आँकडा पार गर्ने पहिलो नेपाली गीतको रेकर्ड कायम गरेको थियो। सो गीत हाल डेढ करोडको बिन्दु नजिक रहेको छ भने फिल्मले पनि ५० लाखको संख्या पार गरिसकेको छ।

LEAVE A REPLY