चितवन:निर्वाचन विधेयक पास हुनसाथ निर्वाचनको मिति घोषणा गरिने

0
240

माघ ७, २०७३- कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन विधेयक पास हुनसाथ निर्वाचनको मिति घोषणा गरिने बताएका छन् ।

Advertisements

शुक्रबार बिहान चितवनको भरतपुरमा प्रेस युनियन जिल्ला शाखाले गरेको पत्रकार भेटमा बोल्दै देउवाले निर्वाचन ऐन विधेयक पास भएपछि मात्र संविधान संसोधनमा अघि बढ्ने दाबी गरे । ‘देश र जनताको भावनालाई कदर गर्दै संविधान संशोधन प्रक्रिया पूरा भई कार्यान्वयन हुन्छ,’ उनले भने,‘त्यसपछि जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय, प्रान्तीय र संघीय चुनाव हुनेछ ।’

उनले फरक प्रसंगमा राष्ट्रिय पुनर्संरचना आयोगको निर्णयका सम्बन्धमा ५/७ मा समस्या रहेको र ती समस्या समाधान गरेर अघि बढ्ने बताए । ‘ चितवनको चित्रवन नगरपालिकामा समस्या छ,’ उनले भने,‘सबै ठाउँमा समस्या छैन, समस्या भएको ठाउँमा मात्र पुनरावलोकन गरेर अघि बढ्ने छौं ।’  संविधान संसोधनका लागि एमालेले बाटो खुल्ला गर्दा पनि किन अघि बढ्न सक्नु भएन नि भन्ने प्रश्नमा सभापति देउवाले संशोधन प्रस्ताव अघि बढिरहेको दाबी गरे ।

LEAVE A REPLY