सडक विस्तारका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप

0
214

हेटौँडा : हेटौंडाको राप्ती रोडस्थित २५ मिटर सडकसीमाभित्र पर्ने निजी घर भत्काउने क्रममा बिहीबार दिउँसो प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । झडपको क्रममा प्रहरी जवान अमृता पटेल घाइते भएका छन्। दुई जना आन्दोलनकारी नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रमुख एसपी बसन्त लामाले बताए।

Advertisements

दिउँसो १२ बजेदेखि तीन बजेसम्म भएको झडपको क्रममा प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो । निजी घरमा डोजर चलाएको विरोधमा आन्दोलनरत घरधनी तथा व्यवसायीले प्रहरीमाथि ढुङ्गा प्रहार गर्दै घर भत्काउने कार्य रोक्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।

अश्रुग्यास प्रहार गरी प्रहरीले भिडलाई राप्तीरोडबाट बुद्ध चोकमा पुर्याएको थियो । बुद्धचोकबाट कान्तिराजपथ, सिमाचोक र उद्योग वाणिज्य संघ चोकमा बाँडिएका आन्दोलनकारीले टयार बालेर प्रर्दशन गर्नुका साथै प्रहरीमाथि लगातार ढुङ्गा प्रहार गरेका थिए । भिड नियन्त्रणमा लिन करिब तीनसय जनपथ र सशस्त्र प्रहरी परिचालन गरेको जिल्ला प्रहरी प्रमुख एसपी लामाले बताए ।

बिहीबार दउँसो तीन बजेपछि डिभिजन सडक कार्यालय हेटौँडाले बिहीबारको लागि घर भत्काउने कार्य रोकेपछि स्थिति सामान्य बनेको उनले बाए । कार्यालयले चार दिनदेखि स्थानीय प्रहरी प्रशासनको सहयोगमा सडकसिमाभित्र पर्ने नीजि घरहरु भत्कइरहेको छ ।अन्नपूर्ण पोस्ट को खबर

LEAVE A REPLY