कंसले फेरि अौतार लियो कि?

0
268

 

 

 

 

-दुर्गाप्रसाद पोख्रेल
———————————–
कृष्ण आए जस्तै कतै कंस फेरि आयो होला
पहिले जस्तै सभ्यताको गिदी फेरि खायो होला
मानवताको दिनदहाडै खिल्ली उसले उडायो कि ?
मर्दै नमरेको मानिसलाई ज्यूदै कतै डढायो कि ?

Advertisements

वत्सासुर र पूतनाको फेरि काम पर्यो होला
सज्जन जनको आँखाबाट आँसु फेरि झर्यो होला
आफ्नै चेली जेल पठाई मोजमस्ती मनायो कि?
मातृभूमिको नशानशामा दशा ल्याई खनायो कि ?

मूष्टिक चाणूर गुण्डागर्दी फेरि उसले बसायो होला
आफ्नै भाइ भाइ फुटाई शत्रु उसले हँसायो होला
सत्य शान्ति क्षमा अहिंसा उसले बन्दी बनायो कि ?
हत्या हिंसा प्रतिशोधमै स्वीकृति उसले जनायो कि ?

परम्परा र संस्कृतिको खिल्ली उसले उडायो होला
श्रद्धा भक्ति ज्ञानमाथि निन्दा गाली चढायो होला
न्याय धर्मको मार्ग मिचेर सबको माथा खायो कि ?
विसङ्गतिको रूप लिएर कंस फेरि उदायो कि ?

LEAVE A REPLY