डोनाल्ड ट्रम्पको सपथपछि युरोपेली देशको आयो यस्तो प्रतिक्रिया

0
222

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार शपथग्रहण समारोहमा दिएको शपथ भाषणलाई बिभिन्न युरोपेली देशका नेताहरूले मिश्रित प्रतिक्रिया दिएका छन्।

Advertisements

बेलायतकी प्रधानमन्त्री थेरेसा मे ले नव नियुक्त अमेरिकी राष्ट्रपतिले युरोपेली एकतालाई कमजोर नठान्न आग्रह गरेकी छिन्। उनले युरोपियन युनियन र नाटोको महत्वलाई राष्ट्रपति ट्रम्पले बुझ्नुपर्ने कुरामा जोड दिएको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ।

राष्ट्रपति ट्रम्पले उतर एटलान्टिक सन्धि संगठन (नाटो) को खर्च युरोपेली देशहरूले बेहोर्नुपर्ने बताउँदै आएका छन्। यसअघि उनले युरोपियन युनियन (इयु) मा जर्मनीको दबदबा बढेको भन्दै बेलायतको जनताले इयु छोड्ने पक्षमा गरेको मतदानलाई समर्थन गर्दै `स्मार्ट जनता` भनेका छन्।

खासगरी द्वन्द्वग्रस्त मध्यपूर्वी लाखौ सिरियाली शरणार्थीलाई युरोप भित्रिने बाटो खोलीदिएको भन्दै राष्ट्रपति ट्रम्पले जर्मन चान्सलर एन्जेला मार्केलको कटु आलोचना गर्दै आएका छन्।

नर्वेका विदेश मन्त्री बोर्गे ब्रेन्देले अमेरिकी राष्ट्रपतिको ब्यापार सम्बन्धी भनाइले चिन्तित बनाएको बताएका छन्। राष्ट्रपतिको भनाइले ‘संरक्षणवाद’ भएको आभास मिल्छ यद्यपी नर्वेले अमेरिकासँग निकट रहेर खुल्ला बार्ता गर्न तयार छ,’ विदेशमन्त्री ब्रेन्देले स्थानीय समाचार ब्यूरो एनटिबी सँगको अन्तर्वार्तामा बताएका छन्।

नर्वेली शान्ति अभियन्ता तथा नर्वेका भुतपूर्व प्रधानमन्त्री च्येल माग्ने बुन्द्विकले अमेरिकी राष्ट्रपतिको शपथ बक्तब्य ‘अस्वथ्य राष्ट्रवाद’ भएको भन्दै शक्तिशाली अमेरिकी राष्ट्रपतिको बक्तब्यमा कैयौं अन्तर्राष्ट्रिय जल्दाबल्दा सवालको सम्बोधन नहुनु दुखद रहेको र त्यसले टकराब निम्त्याउन सक्ने बताएका छन्।

डेनमार्कका विदेशमन्त्री अन्देर्स सामुएल्सनले राष्ट्रपति ट्रम्प सामान्य भावना भएका राजनीतिज्ञ नभएकाले उनीसँगको सहकार्य पनि बाराक ओबामा को कार्यकालमा भए जस्तो सामान्य हुन नसक्ने उनको गतिविधिले देखाएको बताएका छन्। एनटिबीका अनुसार डेनिस विदेश मन्त्रीले ट्रम्प बिशेष प्रकारको मानिस भएको बताएका छन्।

युरोपेली देशहरु स्वीडेनको स्टकहोल्म,जर्मनको बर्लिन ,पोर्चुगलको लिस्बोन ,फ्रान्सको पेरिस, लन्डन र स्पेनको म्याड्रिड शहरहरुमा राष्ट्रपति ट्र्म्पका बिरुद्ध शनिबार हजारौको संख्यामा शान्तिपूर्ण र्‍यालीहरु निकालिएका छन्।

यसैबीच, युरोपका ठूला शहरहरुमा अमेरिकी नव नियुक्त राष्ट्रपति बिरुद्ध र्‍यालीहरु भइरहँदा युरोपका आप्रवासी इतर मानिने पुरातनबादी कन्जरभेटिभ (राइट पोपुलिस्ट)पार्टीका उच्च राजनीतिज्ञ हरु अमेरिकी राष्ट्रपति ट्रम्पको सफलतालाई कसरी अनुशरण गर्ने भनि छलफल गर्न जर्मनको एउटा सानो शहर रेइनलाण्ड फाल्ज़स्थित कोब्लेन्ज़मा भेला भएका छन्।

सो भेलामा जर्मनका अल्टरनेटिभ पार्टीकी फ़ाउके पेट्री,नेशनल फ्रन्ट फ्रान्स कि मारिने लि पेन ,इटालियन लिगा नोर्ड पार्टीका मार्टेओ साल्भिनी र स्वतन्त्र पार्टी (फ्रिहेट्स) नेदरल्याण्डका गेट विल्डर्स लगायत सहभागी छन्।

NO COMMENTS

LEAVE A REPLY