उडिरहेको जहाजमै अमेरिकाबाट नेपाल फर्कदै गरेकी महिलाको मृत्यु

0
195

कतार एयरको फ्लाइट नं क्यू आर ०७०८ बाट बुधवार अमेरिकाको वासिंगटन डिसीबाट कतारको दोहाहुँदै नेपाल फर्कन लागेकी ७९ वर्षिया देवन्ती विश्वकर्माको उडिरहेको जहाजमै निधन भएको छ। पारिवारीक स्रोतले जनाए अनुसार मृतक बिश्वकर्माको लासलाई छानविनका लागि अहिले कतारका सुरक्षाकर्मीले नियन्त्रणमा लगेका छन्।

Advertisements

उडिरहेको जहाँजमा विश्वकर्मालाई अफ्ट्यारो भएपछि प्राथामिक उपचार गरिएको थियो। पारिवारिक स्राेतले बताए अनुसार प्लेन उडेको करिव ४ घन्टापछि बिश्वकर्माले साँस फेर्न गाह्रो बताएकी थिइन। त्यस लगत्तै उनको मृत्यु भएको बताएको छ। १४ घन्टा लामो उडान पछि दोहोमा उत्रिए लगतै  भएकी देवन्ती विश्वकर्मालाई स्वास्थ्यकर्मीले मृत्यु भएको घोषणा गरेका थिए।

अमेरिकामा रहेका छोराबुहारीलाई भेटन ६ महिना अगाडी अमेरिका पुगेकी विश्वकर्मा गएको बुधवार कतारको दोहा हुँदै नेपाल फर्कदै थिइन। जहाजमै अचेत बनेकी बिश्वकर्मालाई दोहा पुगेपछि आपतकालीन उद्धार गरिएको थियो।

जहाजमा सँगै रहेकी बुहारीलाई अहिले कतारको सरिफ होटलमा राखिएको छ भने दोहाका सुरक्षाकर्मीले घटनाको छानविन गरिरहेको बताइएको छ। पारिवारीक स्रोतले बताए अनुसार अहिले लास कहाँ राखिएको छ भन्ने जनाइएको छैन।

अब के हुन्छ?

कतार एयरका पहिलेका यस्ता घटनाहरु हेर्ने हो भने लाश बुझनका लागि मृतकका परिवारले कतार एयरलाई करिब १३ सय अमेरिकन डलर बुझाउनु पर्ने हुन्छ। त्यो रकम कार्गो शूल्क, लाश राख्ने बाकस, अस्पतालमा भएको खर्च, प्रहरीको स्वीकृति शूल्क र जनस्वास्थ मन्त्रालयको स्वीकृती आदिमा प्रयोग गरिन्छ। प्रहरीको छानविन रिर्पोट नआए सम्म कुनैपनि प्रक्रीया अगाडि बढदैन।

उडान भित्रको मृत्यु

प्लेन भित्र हुने मृत्यु कमै मात्रामा हुने घटना हो। स्वास्थ्य सम्बन्धि भएका बिभिन्न खोज तथा अनुसन्धानले बताए अनुसार उडिरहेको जहाजहरुमा विश्वभर प्रतिबर्ष करिब ४४ हजार स्वास्थ्य सम्बन्धि आपतकालिन समस्याहरु आउने गर्छन। यो करिब ६०४ उडानहरु मध्य १ हो।

करिब ३० प्रतिसत त्यस्ता घटनाहरु स्वास्थ्य उपचार बिना नै समाधान हुन्छन् भने बाँकि घटनाहरु जहाज अवतरण गरिसके पछि थप उपचारका लागि अस्पताल लगिन्छन। अनुसन्धानले  बताए अनुसार धेरै न्युन संख्यामा यात्रुहरुको मृत्यु हुने गर्छ।

उडिरहेको जहाज भित्र हूने मृत्युका बारेमा बिभिन्न एयरलाईन्सका आ आफ्नै नियहरु हुन्छन्। अन्र्तराष्ट्रिय हवाई कार्य निर्देशिका अनुसार मृत यात्रुको सरिरलाई छोपेर जहाज भित्रै अन्य सुरक्षित ठाउँमा राख्नु पर्छ। उक्त ठाउँ अन्य यात्रुहरु भन्दा अलगै हुनुपर्छ। लाशलाई स्थानिय अधिकारिहरु नआएसम्म जहाजमा नै राख्नुपर्छ र परिवारका सदस्यलाई सगै बस्न दिनु पर्छ। एयरलाईन्सका अधिकारिहरुले परिवारका सदस्यहरुलाई आवश्यक सहयोग र साथ दिनुपर्ने हुन्छ।

कतार एयरले आफ्नो प्रक्रियाका बारेमा बिस्तृतमा नबताए पनि,  अन्र्तराष्ट्रिय हवाई यातायात संघको कार्यनिर्देशिका अबलम्बन गर्ने बताएको छ।

LEAVE A REPLY