चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै न्यूरो अस्पताल तोडफोड, २२ जना पक्राउ

0
215

काठमाडौं– चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै बाँंसबारीस्थित न्युरो अस्पताल आइतबार बिहान तोडफोड  भएको छ ।

Advertisements

सडक दुर्घटनामा परी गम्भीर घाइते भएका २७ बर्षीय युनिस नगरकोटीको उपचारको क्रममा आइतबार मृत्यु भएको थियो । मृत्यु भएपछि आक्रोशित भिडले अस्पताल तोडफोड गर्नुकासाथै चिकित्सक र कर्मचारीलाई समेत दुव्र्यवहार गरेका छन् । गत पुस २० गते कमलादीमा सडक दुर्घटनामा परेका नगरकोटीको अस्पतालमा उपचार हुँदै आएको थियो ।

अस्पतालमा ढुङगा हुने २२ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगंजका डिएसपी गोविन्द पुरीले बताए । बिहानैदेखि अस्पतालमा तनावपूर्ण अवस्था भएपछि ठुलो संख्यामा प्रहरी परिचलान गरिएको छ ।

शनिबार एक्कासी बेहोस भएका नगरकोटीलाई आइसियू लग्दालग्दै मृत्यु भएको अस्पतालले जनाएको छ । तर अस्पतालले उनको उपचारमा लापरबाही गरेको भन्दै मृतकका आफन्त आक्रोशित भएका थिए । अस्पतालले राहत नदिएसम्म शव नउठाउने उनीहरुले बताएका छन् ।

LEAVE A REPLY