अन्तिम ओभरमा चुकेपछी इङ्ल्यान्ड विरूद्धको तेस्रो एकदिवसीय म्याचमा भारत पराजित

0
247

इङ्ल्यान्डले भारतविरूद्धको तेस्रो तथा अन्तिम एकदिवसीय ५ रनले जितेको छ। निकै रोमाञ्चक यस खेलमा इङ्ल्यान्डले दिएको ३ सय २२ रनको लक्ष्य पछ्याउने क्रममा भारतलाई अन्तिम ओभरमा १६ रन आवश्यक थियो।

Advertisements

भारतका युवा ब्याट्सम्यान केदार जाधवले क्रिस वोक्सको पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गर्दै अन्तिम ४ बलमा जितका लागि ६ रनको लक्ष्य नजिक खेललाई ल्याएका थिए। तर, उनी वोक्सको तेस्रो र चौथो बलमा रन बनाउन असफल भए। पाँचौ बलमा उनले डिप प्वान्टमा बिलिङ्सलाई क्याच थमाएपछि खेल भारतको पोल्टाबाट खुस्किएको थियो।

अन्तिम बलमा भारतलाई जितका लागि एक बलमा ६ रनको आवश्यक थियो। तर, जस्पित बुमराहले वोक्सको बलमा एक रन पनि लिन नसकेपछि भारत ५ रनले खेल गुमाउन पुग्यो।  भारतले ९ विकेटको क्षतिमा ३ सय १६ रन मात्र बनाउन सफल भयो ।

LEAVE A REPLY