अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री थेरेसा मेबीच आगामी शुक्रबार भेटघाट हुने

0
229
नवनियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री थेरेसा मेबीच आगामी शुक्रबार भेटघाट हुने भएको छ। ट्रम्पलाई भेट्न मे अमेरिका जान लागेको बिबिसीले जनाएको छ।

गत वर्ष भएको जनमत संग्रहमा बेलायत युरोपियन युनियन (इयू)बाट छुट्टिनु पर्छ भन्ने पक्षले जितेपछि मे प्रधानमन्त्री बनेकी थिइन्। अहिले बेलायत इयूबाट अलग हुने प्रक्रियामा छ। यसै विषयमा छलफल गर्न मे ट्रम्पलाई भेट्न जान लागेकी हुन्।

Advertisements

ट्रम्पका प्रेस सल्लाहकार सिन स्पाइसरले दुई नेताको भेटघाट तय भएको पुष्टि गरेका छन्। ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि मेले आफ्ना २ जना सल्लाहकारलाई  भेटको चाँजोपाजो मिलाउन अमेरिका पठाएकी थिइन्।

मे राष्ट्रपति ट्रम्पलाई भेट्न पहिलो विदेशी सरकार प्रमुख हुने छन्। –

LEAVE A REPLY