जब डाक्टर ले नै मध्यरातमा मोटरसाइकललाई ठक्कर दिएर भागे पछी

0
272

ललितपुर – आइतबार मध्यराती तीव्र गतिमा एउटा कार ललितपुरको सडकमा दौडिरहेको हुन्छ ।हरिहरभवन आइपुग्दा उक्त कारले एउटा मोटरसाइकललाई ठक्कर दिन्छ । मोटरसाइकल अनियन्त्रिण भएर भूइँमा ढल्छ ।तर, कार रोक्दै नरोकी तीव्र गतिमा अगाडी हुइँकन्छ ।

Advertisements

घाइतेलाई सडकमा नै छाडेर भागेको उक्त कार २४ घण्टा नबित्दै प्रहरीको फन्दामा पर्छ ।कार पक्राउ परेपछि चालकको पहिचान खुलेपछि प्रहरी झन् चकित पर्छ । ठक्कर दिएर भाग्ने चालक पेशाले डाक्टर हुन्छन् ।

ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथु भन्छन्, ‘सामान्य चालक वा सार्वजनिक यातायतका चालक दुर्घटना भएपछि भाग्नु स्वभाविक नै हो । तर, मानिसको जीवन बचाउने प्रण खाएको एउटा डाक्टरले नै यसरी माघको चिसोमा एउटा घाइते व्यक्तिलाई सडकमै  छाडेर भागेको पायौँ ।’दुर्घटनामा घाइते भएका बा ६६ प ६२४८ नम्बरको मोटरसाइकल चालक कृष्ण थापाको यतिबेला बिएण्डबी अस्पतालमा उपचार भइरहेको हाछेथुले जानकारी दिए ।

उनको दुईवटा खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।

यसरी पक्राउ परे डाक्टर

आइतबार राती करिब १२ बजेर ३० मिनेट जाँदा एउटा कारले मोटरसाइकललाई ठक्कर दिएर भागेको सूचना पाएपछि प्रहरी घटना स्थलमा पुग्छ । घाइतेलाई तुरुन्त उपचारका लागि अस्पताल पठाइन्छ ।

ठक्कर हानेर भागेको कारलाई कसरी पक्राउ गर्ने विषयमा अलमलमा परिरहेको प्रहरीले दुर्घटनास्थलबाट केही पर बा ७ च ९५०८ नम्बर लेखिएको कारको नम्बर प्लेट फेला पार्छ ।

सोही नम्बर प्लेटलाई लिएर प्रहरी सोमबार यातायात कार्यालय पुग्छ । यातायात कार्यालयले कार मान्छेको नाममा नभएर स्टान्डर्ड चार्टड बैंकको नाममा रहेको बताउँछ ।

त्यसपछि प्रहरी बैंकमा गएर बुझ्दा कार सातदोबाटो निवासी ३५ वर्षीय विपुलमान सिंहको नाममा रहेको पत्ता लगाउँछ ।

सिंहको घर पुग्दा मा दुर्घटनास्थलमा फेला परेको नम्बर प्लेट भएको आइ २० कार फेला पार्छ ।

अचानक आफ्नो घरमा पुगेको प्रहरीसँग डाक्टर सिंहले दुर्घटना भएको स्वीकार्छन् ।

प्रहरीका अनुसार सिंह अपु डेन्टल क्लिनिक पुल्चोकमा कार्यरत छन् ।

सिंहलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जवालाखेल प्रहरी परिसर पठाइएको हाछेथुले जानकारी दिए ।साभार्:नागरिक न्यूज

LEAVE A REPLY