मधेसी समुदायलाई मुलधारमा ल्याउनुपर्ने: डा. बाबुराम भट्टराई

0
348

माघ १०, २०७३- नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन गरेर मधेसी समुदायलाई मुलधारमा ल्याउनुपर्ने तर्क गरेका छन् ।

Advertisements

राष्ट्रिय युवा अभियान काभ्रेको प्रथम जिल्ला अधिवेशनलाई बनेपामा सम्बोधन गर्दै उनले मधेसलाई अलग्याएर हेर्ने प्रवृतीले टाउको उठाउन खोजेको दाबी गरे ।  ‘मधेसीलाई अनागरिक र दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने प्रवृत्तिले टाउको उठाउादैछ,’ उनले भने, ‘त्यसले विखण्डन चाहने सिके राउत प्रवृत्तिलाई फाइदा पुग्छ, त्यसले देशको विकास गर्दैन ।’

सबै दल मिल्नुको विकल्प नभएको भन्दै उनले राष्ट्रिय एकतापछि मात्रै देश विकासले गति लिने दाबी गरे ।

सरकार स्थिर हुन नसक्दा राजनीतिक स्थिरता कायम हुन नसेको भन्दै उनले संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने तर्क गरे ।

युवाहरुको छटपटाहटमाथि खेलेर केही ‘राजनीतिक झाक्रीहरु’ले गणतन्त्र र संघीयतालाई पछाडी धकेल्ने खेल भएको भन्दै ‘झाक्री’ वा ‘डाक्टर’ को पछाडी लाग्ने निर्णय जनता आफैले गर्न सक्नुपर्ने बताए ।

आफ्नो पार्टीले विकासको मार्गचित्र कोरेको भन्दै सत्तामा गएर विकास र समृद्धिको एजेण्डा लागू गराउने उनले दाबी गरे । उनले नयाँ शक्ति नेपाल स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा पहिलो शक्ति बन्ने विश्वास व्यक्त गरे ।

 

LEAVE A REPLY