बैंकबाट पैसा झिकेलगत्तै ३ लाख ६५ हजार रुपैयाँ लुटियो

0
271

माघ १०, २०७३- नेपालगन्जमा एक व्यक्तिको ३ लाख ६५ हजार रुपैयाँ लुटिएको छ । सुर्खेतरोडस्थित सिद्धार्थ बैंकबाट पैसा झिकेर फर्किदै गरेका बागेश्वरी ह्युम पाईप कम्पनीम कार्यरत दिनेश कंडेललाई काउसो दलेर लुटपाट गरिएको प्रहरीले जनाएको छ ।

Advertisements

काउसो दलेपछि चिलाएर सहन नसकेर मोटरसाईलकमा झोला राखेलगत्तै मोटरसाईकलमा सवार रहेका व्यक्तिले लुटपाट गरी फरार भएको प्रहरीले जानकारी दिएको छ ।

वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्र गौतमले मोटर साईकलमा झोला राखेको क्षणभरमै घटना घटेको बताए । लुटेराहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY