सात पल्टकी ग्रान्ड स्लाम विजेता भेनस विलियम्स १४ वर्षपछि अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश

0
289

सात पल्टकी ग्रान्ड स्लाम विजेता भेनस विलियम्स १४ वर्षपछि अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छिन्। १३ औं वरियताका भेनसले सोमबार राती भएको क्वाटरफाइनल खेलमा २४ औं वरियताकी रुसी खेलाडी अनास्तासिया पाभ्लुचेन्कोभालाई ६–४ र ७–६ (७–३) को सेटमा पराजित गरेकी थिइन्।

Advertisements

३६ वर्षीय भेनसले वर्षको पहिलो ग्रान्ड स्लाम स्पर्धा अहिलेसम्म जितेकी छैनन्। उनी २००३ मा अन्तिम पल्ट अस्ट्रेलियन ओपनको फाइनल पुगेकी थिइन्। जसमा उनी आफ्नै बहिनी सेरेनाबाट पराजित भएकी थिइन्। उनको सेमिफाइनल भिड्न्त अमेरिकाकै बिना बरियताकी कोको भान्डेवेघीसँग तय भइसकेको छ। भान्डेवेघीले अर्को क्वाटरफाइनलमा सातौ वरियता प्राप्त स्पेनकी गाब्रिने मुगुरुजालाई ६–४ र ६–० ले हराएकी थिइन्।

LEAVE A REPLY