ट्रम्प युगको उदय,सजिला छैनन ट्रम्पका आगामी दिनहरु

0
523

बिजय ज्ञवाली /

Advertisements

गैरराजनीतिक वृत्तवाट उदाएका ७१बर्षिय रियलस्टेट खर्वपती डोनाल्ड ट्रम्पले गत शुक्रवार विश्व महाशक्तिराष्ट्र अमेरिकाको उच्च एवं शक्तिशाली पद राष्ट्रपति पदमा सर्वोच्च अदालतका प्रधानन्यायधिश जोन रोबर्टस जुनियरको सम्मुख सपथ तथा पदभार ग्रहण गरेका छन। संयुक्त राज्य अमेरिकको ४५ औं राष्ट्रपति पदमा ट्रम्पले सपथ लिंदैगर्दा भने आम विश्वमा एकप्रकारको आशंका र कतिपय चिन्ताका बाछिटाहरुले ट्रम्पलाई पनि नछ्यापेको भने अवश्य होईन। यसअंघि उक्त बाछिटाहरु प्रत्यक्ष रुपमा डोनाल्ड ट्रम्पले उद्घाटन गरेको एक परेड समारोहमा पनि देखा परेका थिए। यससंगै आम विश्वशक्तिराष्ट्रहरुद्वारा ब्यक्त गरिएको शङ्का र चिन्तामिश्रीत गुनासाहरु बेलाबखत सुन्नमा आईरहेका पनि छन। विश्वकै सवैभन्दा ठूलो महाशक्तिराष्ट्र र उक्त राष्ट्रको शक्तिशाली पदमा सपथ लिंदैगर्दा ट्रम्पका आगामी कार्ययोजना, उनको कार्यअवधी र उनको क्याविनेटले लिनसक्ने सम्भाव्य निर्णयहरुका वारेमा आम विश्वसमुदायले अत्याधिक चासो र शंकामिश्रीत नजरले उनलाई हेर्न थालिसकेका छन। स्वयं अमेरिकाभित्र पनि उनको जवर्जस्त उपस्थितिलाई चिन्ता, भय एवं अन्योलपूर्ण रुपमा हेरिन थालिएको छ। विशेष गरेर डेमोक्र्याट अधिकारीहरुले उनको उदयलाई अन्योलग्रस्तको संज्ञा दिएका छन। जसको प्रत्यक्ष असर उनको सपथग्रहणमा पनि देखिन पुग्यो। उनका कतिपय उत्तेजक एवं आक्रामक भाषण र शैलीले गर्दा उनको भविष्यमाथी नै कालो बादल मडारिन थालेको कतिपयको विश्लेषण रहेको छ भने उत्तर अमेरिकी महादेशको विशाल फैलावटसंगै सान फ्रान्सिस्को हुँदै अमेरिकी राजधानी वसिंटनलाई एक केन्द्रविन्दु बनाउने उनको योजनाको चर्को विरोधको सामना उनले गर्नुपर्यो। योसंगै उनीमाथी बेइमानको राजनिती गरेको र मध्य अमेरिकाद्वारा भईरहेको वातावरणिय प्रदुषण र उक्त प्रदुषणद्वारा सिर्जित जलवायु परिवर्तन र यसवाट समग्र अमेरिकामा दिनानुदिन परिरहेको असर अनि उनले यसको रोकथामको लागि चाल्न सक्ने सम्भावित कदमको बारेमा पनि उनीमाथी तिखा टिकाटिप्पणीहरु हुनेगरेका छन। विश्लेषकहरु भन्छन,हाल समग्र अमेरिकालगायत पुरै विश्वका लागि चुनौतीको रुपमा रहिआएको जलवायु परिवर्तनको समस्या रोकथाममा ट्रम्प प्रशाषन पूर्णरुपमा असफल हुने दावी गर्दछन। यस्तो टिप्पणी गर्नेमा मध्य र उत्तर अमेरिकी विश्लेषक अग्रपंक्तिमा छन। अमेरिकनहरु खासमा व्यवहारीक परिवर्तनलाई देख्न र सुन्न रुचाउंछन, त्यसैअनुरुप नै उनीहरु नयाँ राष्ट्रपती चुन्न आतुर थिए ताकी नयाँ राष्ट्रपतिको ध्यान त्यस मुद्दामा केन्दृत रहोस जुन जल्दोवल्दो चुनौतीको रुपमा रहिआएको छ। त्यो भनेको पहिलो आतंकावाद र दोस्रो जलवायु परिवर्तन हो। तर ट्रम्प भने यी दुवै मुद्दामा येथेष्ट सम्बोधन गर्नवाट चुकेका छन- एक विश्लेषकको भनाई।

ट्रम्पका सन्दर्भमा विपक्षीद्वारा उठ्नेगरेका कतिपय टिकाटिप्पणी सुन्नमा आएअनुसार ट्रम्पमा राष्ट्रवाद अवश्य हावी छ र महसुस गर्ने हृदय पनि न्यानो छ तर त्यस्तो राष्ट्रवादको व्यवहारिक प्रयोगमा भने उनी अलिक चिसा पनि छन। साथै अहिलेको ग्लोवलाईजेशनको समयमा पनि `अमेरिका मात्र पहिलो´ र बाँकी सवै त्यसपछिको क्रममा भन्ने यौटा सरल मनोबैज्ञानिक दम्भ उनमा हावी रहेको वताउने गर्दछन।

अमेरिका र यसको ईतिहास जति गर्वपूर्ण छ त्यति नै यसको वर्तमान पनि छ। लोकतन्त्र र मानवअधिकारको सवालमा पनि अमेरिका पूर्ण कटिवद्ध छ। कतिपय अमेरिकनहरु चिनतर्फ संकेत गर्दै भन्छन- अमेरिका त्यो चिन होईन, जहाँ गणतन्त्रको नाममा राष्ट्रपतिको ब्यवस्था संगै यौटा उदियमान शक्तिको स्वघोषित हल्ला मात्र छ। मानवअधिकारको सवालमा चिनमा धेरै नै कठोर ब्यवस्था गरिएको भन्दै उनीहरु थप्छन, चिनले मूर्खतापूर्ण व्यवहार अवलम्वन गरेको छ जहाँ एक्काईशौं शताव्दीसम्म आईपुग्दा पनि विसौं शताव्दीको जस्तो पद्धती अवलम्वन गरिएको छ। हामी चाहन्छौं ट्रम्पको कार्यशैली पनि त्यस्तै अराजक नबनोस र अमेरिकाको गर्वपूर्ण ईतिहास र वर्तमान यथावत रहिरहोस।

अधिकांश अमेरिकनहरु अमेरिका अझ सशक्त र सबल भएको देख्न चाहन्छ्न र सवै नागरिकको साझा दर्शन पनि यहिं नै हुनुपर्दछ भन्ने उनीहरुको ठम्म्याई छ। तर त्यो यौटा त्यस्तो निष्ठा जसलाई कर्तव्यपूर्वक पालना गर्नको लागि ट्रम्पका सामुन्ने ठूला ठूला चुनौतीका पहाडहरु सामुन्ने छन। ती चुनौतीरुपी पहाडहरुको सामना ट्रम्पले कसरी गर्दछन त्यो भने हेर्न बाँकी रहेको छ। अझ अर्को अवसादको रुपमा राष्ट्रवाद रहेको छ जहाँ नागरिक- राज्य दुवैद्वारा संरक्षित रुपमा रहेको छ र यस्तो राष्ट्रवादले वारम्वार विगतका उथलपुथल घटनाहरुको सम्झना गराईरहन्छ। अनि त्यस्तो राष्ट्रवादले आफ्नो मूर्त रुप अमेरिकी ईतिहासमा कालान्तरसम्म दर्ज गराउंछ कि गराउंदैन भन्ने कुरा आगामी दिनहरुमा देखिंदैजाने पनि छ। आतंकवाद र विदेश नितिमा के कस्तो वदलाव र व्यवहार ट्रम्प प्रशाषनले गर्दछ त्यसैको आधारमा अमेरिकी भविष्य सुनिश्चित हुनेछ।

त्यस्तै, वर्तमान ट्रम्प प्रशाषनले कतिपय पुराना व्यापार सम्झौताहरु (टिपिपी)को उल्लंघन गरेर अंघाडी बढ्ने संकेत दिईराखेको बेलामा विपक्षी डेमोक्र्याट पार्टिका उच्च अधिकारीहरु भने ट्रम्पको यस्तो उद्घोससंग सहमत हुन सकिराखेका छैनन। उनीहरुको आरोप छ- रिपव्लिकन पार्टिमा विरोध ज्यादा र लोकतान्त्रिक चरित्र कम छ, त्यसैले यहाँनेर समस्या उत्पन्न हुन सक्तछ। समग्र अमेरिकी गणतन्त्र र विदेश मामलामा एकजना मानिसको सोंचले मात्र समायोजित एवं संरचित हुन सक्तैन, न नै कसैको सन्काहट एवं तानाशाह शैलीले नै गणतन्त्र र विदेश मामलामा एकरुपता आउने हो। यसमा सवै शक्तिहरुसंगको समन्वय एवं सहकार्यद्वारा नै अंघाडी बढ्नुपर्ने बाध्यता रहिआएको छ। डोनाल्ड ट्रम्पलाई राम्रोसंग बुझ्नको लागि अझै केहिसमयसम्म अवश्य पर्खिनुपर्ने हुन्छ, किनकी ट्रम्प बेलाबखत भन्ने गर्दछन-” मष्तिस्कमा तुच्छ सोंच एवं ब्यवहारमा दोस्रो दोस्रो दर्जाको चाल हुनेहरुले सजायँको सामना गर्नुपर्नेछ।” उनको स्पष्ट संकेत आफूविरुद्ध लागेकाहरु प्रति केन्द्रित थियो भनेर प्रष्टै बुझ्न सकिन्थ्यो।

ट्रम्पले अमेरिकी शाषनशैलीमा अपत्यारिलोरुपमा परिवर्तन या धक्का दिन सक्छन। उनले आफ्नो कार्यशैलीलाई आक्रामक रुपमा अंघाडी बढाउने कुराले कतिपय अमेरिकनहरुमा चिन्ता पनि थपिएको छ। त्यसैले त एकजना डेमोक्र्याट अधिकारी टिप्पणी गर्छन, शासन भनेको विधिले हुने हो, जंगली शैलीको शासन हिंसात्मक पनि हुनसक्तछ। उनको यस्तो टिप्पणी सिधै ट्रम्पको आक्रामक एवं उत्तेजक भाषणमाथी रहेको थियो। यसो त ट्रम्पका पछिल्ला भाषणहरुमा राष्ट्रियताभन्दा पर रहेर अत्याधिक डरलाग्दा र नितान्त निजि बिचारहरुले काम गरिरहेको जानकारहरु बताउंछन। यदि ट्रम्पले आफ्ना उत्तेजक एवं आक्रमण भाषणहरुमाथी पुनर्विचार गरेनन र उस्तै रवैया कायम राखिराखे भने समग्र देश र बाँकी विश्वका लागि पनि खतरनाक रहनेछ।

कतिपय सवालमा ट्रम्प प्रशाषनका गतिविधिमाथी लगाम लगाउने या अझ प्रोत्साहन गर्नेभन्ने बारे मिडियाको पनि अहम भूमिका रहन जान्छ। अधिकांश अमेरिकन नागरिकहरु समाचारको सत्यता एवं निष्पक्षमाथी भर पर्ने हुनाले सहि या गलत के छ भनेर मिडियाले पनि यथार्थता उल्लेख गर्नुपर्ने अमेरिकनहरु तर्क गर्छन किनभने कसैले कसैका विरुद्धमा नभएर मिडिया हाउसहरुले सत्य र निष्पक्ष रुपमा गणतन्त्रको मर्मभित्र रहेर काम गर्नुपर्ने हुन्छ। अमेरिकाले लिने विदेश नीति र व्यवहारको प्रत्यक्ष असर विश्वका प्राय: सवै देशहरुमा पर्ने हुनाले ट्रम्प प्रशाषनले लिने कतिपय महत्वपूर्ण एवं संवेदनशील मूद्दाहरुमा संयुक्त राष्ट्रसंघ या अन्य यस्तै भरपर्दो संस्थालाई पर्यवेक्षकको रुपमा राख्नुपर्ने विश्लेषकहरुको ठम्याई छ।

ट्रम्प प्रशाषनको अर्को महत्वपूर्ण परिक्षण भनेको उसको चीन नितिमा पनि देखिनेछ। एक या दुई ( स्वतन्त्र तिव्वत) चीन नितिमा उसले प्रदर्शन गर्ने ब्यवहारबाट पनि बाँकी दिनहरुका बारेमा आँकलन गर्न सकिन्छ। किनकी फ्री तिव्वतका मसिहा दलाई लामा एवं उनका गतिविधिलाई अमेरिकाले परोक्षरुपमा सहयोग गर्दै आएको छ। यसवारेमा आगामी दिनहरुमा ट्रम्प प्रशाषनले अख्तियार गर्ने चीन नितिवाट पनि अमेरिका- चीन सम्बन्धको बारेमा बुझ्न अझै समय पर्खिनुपर्ने हुन्छ। त्यस्तै गरेर उत्तर कोरीया र ईरानको आणविक हतियार उत्पादन, भण्डारण एवं परिक्षणको नियामन एवं निरुपण ट्रम्प प्रशाषनका मूख्य चुनौती रहनेछन भने रुसी व्यापार सम्बन्ध नाटोको भविष्य, अन्तर्राष्ट्रिय जलवायु नियन्त्रण र जटिल अन्तर्राष्ट्रिय मूद्दाहरुको सामना ट्रम्प प्रशाषनका चुनौतीका रुपमा रहनेछन।

अवको आठ बर्ष ट्रम्प प्रशाषनका लागि चुनौती र अवसरका दुवै बाटो हिंड्नु जरुरी छ। अमेरिका र एशिया एवं अन्य क्षेत्रसंगको सम्बन्ध एवं अवलम्वन गर्ने ब्यवहारबाट नै ट्रम्प प्रशाषनका भविष्यका बारेमा लेखाजोखा हुँदै जानेछ। सिरियालगायत कतिपय द्वन्दग्रस्त मुलुकको ब्यवस्थापन एवं आतंकवाद निर्मूल पार्ने लक्षमा कुन हदसम्म ट्रम्प प्रशाषन सफल रहन्छ यसै आधारमा नै उनको कार्यक्षमताको मूल्यांकन पनि हुनेछ। ट्रम्पको सपथग्रहणको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सि जिनपिङले संक्षिप्त विवरण उल्लेख गर्दै विश्वका सम्पूर्ण जिम्मेवार नेतृत्वमा परिवर्तित वैश्विक रुझानको गहन अध्ययन एवं चिन्तन आवश्यक रहेको औंल्याएका थिए। यसवाट प्रष्ट हुन्छ कि परिवर्तित समयमा शक्तिराष्ट्र र तिनको नेतृत्व गर्ने नेतृत्वतहमा आपसी विश्वास, विवेकिय चातुर्यता, धैर्यता, संयमता एवं परिस्थितिलाई गम्भीर भएर बुझ्नैपर्ने हुन्छ र आवश्यक पहलकदम बढो समन्वयात्मक तवरबाट गरिनुपर्ने हुन्छ।

अमेरिकामा राष्ट्रपति पदको लागि आवेदन प्रक्रिया शुरु पनि भएको थिएन, यसैविच देश- विदेशका तमाम मिडिया, जासुसी संयन्त्र, राजनैतिक दल र विदेशी शक्तिकेन्द्रहरुले पहिल्ल्यै नै ट्रम्पको सम्भावित उम्मेदवारी, प्रतिस्पर्धा र उनीद्वारा चालिने हरेक कदमहरुको सूक्ष्म अध्ययन गरिरहेका थिए। जसै चुनावी सरगर्मी नजिकिंदै गयो उति नै ट्रम्पका आक्रामक एवं उत्तेजक भाषण र गतिविधिहरु पनि उत्तिकै मात्रामा चुलिंदै गए जसले गर्दा पूरा विश्व अति संवेदनशिल बन्न पुग्यो।

यहाँसम्म कि निवर्तमान राष्ट्रपति बाराक ओबामाले जब सिकागो शहरमा आफ्नो अन्तिम भाषण मन्तव्य ब्यक्त गर्दैथिए, ओबामाका समर्थकहरुले ट्रम्पका विरुद्ध ट्विटरमा ठूला ठूला आक्रामक एवं उत्तेजक पोष्टहरु ट्विट गरिरहेका थिए। उनीहरुको आरोप थियो- डोनाल्ड ट्रम्पलाई प्रत्यक्ष एवं परोक्ष रुपमा रुसी जासुसी संस्थाले सहयोग गरिरहेको छ। यस्ता गतिविधीले सिंगो अमेरिका र अन्य मुलुकलाई पनि नोक्सान पुर्याउंदछ। ट्रम्प निकै खतरनाक एवं सन्की व्याक्ती हुन, उनलाई समर्थन गर्नु भनेको समग्र अमेरिकाको संवैधानिक पद्धतिलाई नै खलबल्याउनु हो। हुन पनि समय र घटनाक्रमद्वारा पुष्टि हुँदै आएको छ कि डोनाल्ड ट्रम्पले आफ्नो चुनावी दौडाहाको दौरान रुसी गुप्तचर निकायसंग कहिं न कहिं सम्झौता अवश्य गरेका थिए। उनले उक्त गुप्तचर निकायसंग सम्झौता गर्नुको एकमात्र कारण थियो- विगतमा आफ्नो यौन कृत्यको कारण उनले अमेरिका लगायत कतिपय मुलुकहरुमा महिलाद्वारा उनीविरुद्ध गरिएको विरोध प्रदर्शनलाई साम्य पार्नु एवं त्यस्ता गतिविधिहरुमाथी नियन्त्रण एवं निगरानी बढाउनु। तर यस्तो कदममा ट्रम्प भने पूर्ण सफल हुन सकेनन।

यता ट्रम्प र उनका समर्थक भने विपक्षीका यस्ता आरोपको खण्डनमा हरसम्भव लागीपरेका थिए। विपक्षीका यस्ता आरोपहरुको खण्डन गर्न ट्रम्प र उनका निकटस्थहरुले मूख्य गरेर अनलाईन पोर्टलहरुको भरमग्दुर प्रयोग गरेका थिए। आफ्नो नियमित पत्रकार सम्मेलनमा ट्रम्प स्वयंले यस्ता आरोपहरुको खुलेर खण्डन गर्दथे भने आफूनिकटस्थ संवादाताद्वारा पनि यस्ता कुराहरुको खण्डन हुनेगरी लेख्न र बोल्न लगाउंथे। ट्रम्पका विपक्षीद्वारा लगाईएको आरोपको खण्डन गर्नको लागि सोसल मिडियाहरुमा ट्रम्पका समर्थकहरुले हजारौंको संख्यामा नक्कली आईडी बनाएर पनि त्यस्ता आरोपहरुको खण्डन र ट्रम्पका पक्षमा जनमत सिर्जना गर्न सफल भएका थिए।

बज फीड (Buzz Feed) म्यागजिनद्वारा केही समयपहिला प्रकाशित एक रिपोर्टअनुसार तत्कालिन समयमा स्थिती अत्यन्त जटिल मोडमा थियो। उक्त म्यागजिनका अनुसार यस चुनावी सरगर्मीमा पूर्व ब्रिटिश खुविया अधिकारीहरुको पनि उल्लेख्य उपस्थिती रहेको थियो। कतिपय रिपोर्ट र दस्तावेजहरुमा यसको पुष्टि भएको पाईन्छ। उक्त म्यागजिनले उल्लेख गरेअनुसार वशिंटनको राजनैतिक अनुसन्धान र आँंकलनका वारेमा विभिन्न शक्तिराष्ट्रले आफ्ना जासुसीहरुलाई सूक्ष्म रुपमा खटाएका थिए। निकै गम्भीर एवं चातुर्यताका साथ ती उच्च अधिकारीहरुले बदलिंदो परिस्थितिलाई मध्यनजर गर्दै आवश्यक सूचना एवं रिपोर्ट सम्बन्धित ठाऊँमा निरन्तर सम्प्रेशण गरिरहेका देखिन्थे। राष्ट्रपति पदलाई लिएर डीसीमा सायद यसभन्दा पहिला कहिल्ल्यै पनि यतिविघ्न विचार विमर्शहरु भएका थिएनन होला जुन यसपाली भएको थियो। निकै ठूलो राजनैतिक कसिकसाउ र तनावका बिच ट्रम्पले आफुलाई पछिल्लो हप्ता विपक्षीद्वारा बुझाईएको यौटा आरोपपत्रको सारांश सहित उपस्थित हुन भन्दै आफू निकटस्थ एक खुफिया अधिकारिलाई उक्त पत्रको छानविनको जिम्मा दिएका थिए। उनले नितान्त आफूनिकटस्थ खुविया अधिकारीलाई यस्तो आदेश दिनुको यौटै कारण थियो- उक्त पत्रलाई गोप्य राखिरहनु। ट्रम्प कुनैपनि हालतमा उक्तपत्रको सार्वजनिकरण चाहंदैनथे। जुनकुरा उनले वारम्वारका बैठकहरुमा पनि दोहोर्याउंदै आएका थिए। तर उक्त पत्रमा के कस्ता आरोपहरु लगाईएको थियो त? यसवारेमा प्राय सवैजना अनविज्ञ नै थिए। उक्त पत्रलाई लिएर कतिपय भन्ने गर्दथे यो आरोप सहि हो या गलत हो यकिन भन्नसक्ने अवस्था भने छैन किनकी कुनैपनि मिडियाले उक्त पत्रलाई सार्वजनिक गरेका थिएनन। कसैको प्रतिशोधपूर्ण भावको यथार्थ नबुझी टिप्पणीमा उत्रीनु पनि जायज होईन तर पछिल्लो केहिसमयदेखी आमनागरिकमा उक्त पत्रको विषयलाई लिएर जिज्ञासा ह्वात्तै बढेको थियो।

ट्रम्पका लागि ह्वाईट हाउसको ढोका त्यति सहज पनि थिएन जति उनले सोंचेका थिए। तर पछिल्लो निर्वाचनको परिणाम भने सवैलाई आश्चर्यमा पार्नेखालको थियो। यता वशिंटनमा चुनावी सरगर्मीलाई लिएर अनेकन अड्कलवाजी चलिरहंदा उता ताईवानको जलमरुडस्थलको मध्य भूभागमा चिनियाँ जासुसी विमानहरु देखा पर्न थालीसकेका थिए। जुन घटनाले अमेरिकी मिडियामा ठुलै स्थान पाएको थियो र अमेरिकी प्रशाषन यस्ता गतिविधिवारे चुप लागेर बस्नसक्ने अवस्था पटक्कै होईन। तर यस घटनाले डोनाल्ड ट्रम्पलाई भने अर्को एक चुनौती थपिएको जानकारहरु वताउंछन। यस्तै युरोपियन शक्तिहरु युरोको भविष्य अनि सम्भाव्य आगामी संकट र उक्त संकटसंग कसरी जुझ्ने भन्नेबारेमा छलफल गर्न ब्रीक्स सम्मेलनको माग जोडदार रुपमा उठाईरहेका थिए। साथै सन् २०१७ का लागि सवैभन्दा चुनौतीको रुपमा देखा परेको उत्तर कोरीयासंग कसरी प्रस्तुत हुने अनि रसिया र चीनसंग कस्तो सम्बन्ध स्थापित गर्ने भन्नेबारेमा ती शक्तिहरु गहन छलफलमा जुटेको स्रोतहरु बताउंछन। विशेष गरेर उत्तर कोरीया जो अहिलेसम्मकै सवैभन्दा परिष्कृत एवं शक्तिशाली ब्यालेष्टिक मिसाईल परिक्षणको संघारमा पुगेको छ, उसको उक्त परिक्षण रोक्न सकिन्छ या सकिँदैन यसवारेमा अधिकारीहरुले गम्भीर चिन्ता जाहेर गरेका छन। साथै आगामी दिनहरुमा ट्रम्प प्रशाषन र उत्तर कोरीयाविच कस्तो सम्बन्ध रहने हो र त्यस्तो सम्बन्धले बाँकी देशहरुमा पर्ने उतारचढावको बारेमा पनि अधिकारीहरु गम्भीर भएका खवरहरु सार्वजनिक भएका छन।

ट्रम्पले आफू निर्वाचित भएलगत्तै पहिलो प्रेस कन्फ्रेंसमा अत्याधिक उत्सुकताका साथ भनेका थिए- आज यौटा तुरुपको बिजय भएको छ। र, यो तुरुपको पहिलो प्राथमिकता भनेको विदेशनीति नै हुनेछ। त्यसपछिका प्राथमिकतामा आर्थिक मजवुती एवं अधिक भन्दा अधिक जागीरको व्यवस्था गर्नु रहनेछ। साथै ट्रम्प संगठनको भविष्यसंगै उत्तर कोरीया, रुस र चीन नितिमा तत्काल परिमार्जन गर्नु उनका लागि महत्वपूर्ण तालीका हुनेछन।

तथ्यहरु भन्दछन; ट्रम्पले यी सवै मुद्दाहरुलाई व्यापक रुपमा बुझ्ने कोसिस गरेका छन। तर यस्ता जटिल एवं संवेदनशील मुद्धाहरुको नजरअन्दाज स्वयं ट्रम्पका लागि जोखिमपूर्ण पनि हुनसक्तछ। बज फीड (Buzz Feed) का अनुसार विपक्षीद्वारा ट्रम्पमाथी लगाईएका आरोपबाट उनी टाढा जानसक्ने अवस्था छैन। उनीविरुद्ध लगाईएका जति पनि आरोपपत्रका फाईलहरु छन ती सवै फाईलहरुको निष्पक्ष छानविन हुँदाका बखत उनलाई कतिपय अफ्ठ्यारो अवस्था पनि आईपर्न सक्तछ। यस्तोमा यस्तै अफ्ठ्यारो अवस्थाका कारण कतिपय महत्वपूर्ण निर्णयहरु उल्झनमा पर्न सक्छन वा यसै आरोपहरुको साहारा विपक्षीको दह्रो अवरोध पनि हुनसक्तछ।

ट्रम्प शक्तिमा आउनुको मूख्य श्रेयका रुपमा रुसका राष्ट्रपति व्लादिमिर पुटिनलाई जान्छ। अधिकांश अमेरिकी नागरिक, विश्लेषक र विपक्षीका नेताहरु दावाका साथ भन्छन- यो सवै रणनीति पुटिनकै हो। उनले आफ्नो जासुसी संस्थालाई खुवै प्रयोगमा ल्याएका थिए। डोनाल्ड ट्रम्पले वारम्वार दोहोर्याउंदै आएको शब्द `तुरुप´निर्माणमा रुसी राष्ट्रपति र त्यहाँस्थित जासुसी संस्थाको अहम् भूमिका रहिआएको छ। तर यसरी निर्माण भएको तुरुपको प्रतिष्ठा भने खासै नरहने आलोचकहरु बताउंदछन। उनीहरु दावाका साथ भन्दछन कि ट्रम्पले आफ्नो चुनावी अभियानमा उच्चस्तरको राय एवं सुझाव लिने वाहानामा उनले रुसी गुप्तचर निकायका वरिष्ठ अधिकारीलाई नै आफ्नो विश्वासिलो सल्लाहकारमा राखेका थिए भने यता रुसी अधिकारीहरुको बैठकमा निरन्तर कसरी ट्रम्पलाई सहयोग एवं हस्तक्षेप गर्न सकिन्छ भन्नेबारेमा निरन्तर छलफल भैरहेका स्रोतहरु पुष्टि गर्दछन।

ट्रम्पसंग गरिएका सवै सम्झौताहरु सहि थिए या थिएनन भन्नेमा कतिपय रुसी उच्च अधिकारीहरु पनि अन्योलमा थिए। जुनसुकै मूल्य चुकाएर भएपनि ट्रम्पसंग गरिएको सम्झौताले पूर्णरुपमा सार्थकता पाउनुपर्दछ भन्ने रुसी चाहना थियो। मस्कोबाटै कुनै अमेरिकी राष्ट्रपतिलाई ब्ल्याकमेलिङ्ग गर्नु भनेको चानचुने कुरा थिएन, जुन रुसवाट भैरहेको थियो। उताभने ट्रम्पले वारम्वार रुससंग गोप्यरुपमा कुराकानी गरिरहन्थे र विशेष रुपमा महिलाद्वारा हुनसक्ने विरोधपर्दर्शन र सम्भावित उजुरीहरुलाई साम्य पार्न रुससंग उनको पहिलो अनुरोध हुनेगर्दथ्यो।

मस्को र वशिंटनविचको टकराव कुनै नयाँ होईन तर यी दुवै शक्तिहरुले वेलाबखत दूईदेशको सम्बन्धमा गरिने व्यवहार एवं रणनितिमा सम्झौता नगरेका पनि होईनन। जगजाहेर नै छ विगतमा यी दुई देशहरुमा एकआपसमा आएका उतारचढाव अनि टकरावका वारेमा एकले अर्कोलाई दोष दिने गर्दथे। खास गरेर संयुक्त राज्य अमेरिकामा राजनैतिक अराजकता फैलाउन सघाएको मूख्य आरोप रुसमाथी लाग्नेगर्दथ्यो। त्यसैको परिणामस्वरुप नै हुनसक्तछ अमेरिकी राष्ट्रपतिय निर्वाचनमा रुसी जासुसी संस्थाको सक्रियता ह्वात्तै बढ्नु। किनकी रुसमा जुन बिपक्षीहरुमाथी अमेरिकी प्रशाषनको समर्थन एवं सहयोग हुँदै आईरहेको छ पुटिनले यसमा सिधै ओबामामाथी प्रश्न तेर्स्याउने गर्दछन। यद्यपि दुवै देशले संयुक्त रुपमा वारम्वार अन्य देशहरुमा हस्तक्षेप गरेका उदाहरण पनि प्रसस्त भेटिन्छन, तरपनि यी दुईवटा देशबिचको आपसी सम्बन्ध भने कहिल्ल्यै सौहार्दपूर्ण रहन सकेन।

ट्रम्पले बेलाबखत अमेरिकी खुविया एजेन्सी र मिडियाले आफुलाई कत्ति पनि सहयोग नगरेको भनेर गुनासो गर्ने गर्दछन। उनको आरोप छ आफ्नै खुफिया एजेंसिका उच्च अधिकारीहरु नै मेरा विरुद्ध लविङ्ग, मिडिया ब्रीफिंगसंगै कसरी हुन्छ राजनितिको भूमरीमा अल्झाएरै छाड्ने योजनामा लागेको आरोप लगाउंछन। त्यस्तै मिडियाहरुतर्फ पनि रोष प्रकट गर्दै उनी भन्छन- सत्य र जनमत एकातर्फ हुंदापनि सत्यतथ्यलाई तोडममोड गरेर प्रारम्भिक सर्वेक्षण ठिक उल्टो देखाएर म माथी अन्याय गरिरहेको गुनासो गर्दछन। ट्रम्प निकटका एक उच्च अधिकारी भन्छन,एफबिआई ट्रम्पका विरुद्ध कतिसम्म लागेका थिए भने उनीहरुले हिलारी क्लिन्टनको ईमेल जांच दोहोर्याएर गर्नसमेत मानेनन, तमाम प्रमाण र तथ्यसहित आग्रह गर्दा पनि उनीहरुले उक्त ईमेल जांच गर्न नखोज्नुको यौटै कारण हो ट्रम्पका लागि ह्वाईटहाउसको ढोका कठिन बनाउंदै लैजानु। यथार्थ त यो हो कि जुनसुकै परिस्थितिमा पनि ट्रम्पले अधिकांश झुठा विवरण, आक्रामक शैली र उत्तेजक भाषणको साहारा लिएका थिए। जुनसुकै मूल्य चुकाएर भएपनि उनी हिलारीका मुद्धाहरुलाई कमजोर पार्न चाहन्थे र आफ्ना मुद्दाहरुलाई बलियो पार्न चाहन्थे। अफवाह फैलाएर होस वा आर्थिक प्रलोभनमा पारेर होस उनले कुनैपनि हालतमा हिलारीको अभियानलाई कमजोर पारेरै छाड्ने अठोट लिएका थिए। त्यसैले त रुसी गुप्तचर निकायसंग सम्झौता गर्दा ट्रम्पले करोडौं डलर खर्च गरेको कुरा जानकारहरु बताउँदछन।

अमेरिकी राष्ट्रपतिय निर्वाचनमा आफ्नो उम्मेदवारी दिनुभन्दा तीनहप्ता पहिले डोनाल्ड ट्रम्पले आफ्नो ट्विटरमा ट्विट गर्दै देशको गुप्तचर निकायको बारेमा केही नयाँ संदेह उठाएका थिए। उनले ट्विटमा भनेका थिए- “गुप्तचर निकायबाट यौटै अधिकारी सामुन्ने आओस, जसले आफ्नो संवेदनशील फैसलालाई सूसूचित गर्नमा मद्दत गरोस, त्यस्तो अधिकारीलाई एकपटक म आफ्नै कार्यालय लिएर जानेछु” डोनाल्ड ट्रम्पको ट्विट। त्यसो त यस सवालमा ट्रम्पले उक्त निकायमाथी मौखिक आक्षेप पनि लगाउने गर्दथे। सन् २०१६ को अमेरिकन राष्ट्रपतिय निर्वाचनमा रसियन गुप्तचर निकायले अमेरिकामाथी गरेको हस्तक्षेपलाई पनि ट्रम्पले तत्कालै खुलासा गरिदिएका थिए। रसियन खुविया एजेन्सीतर्फ लक्षित गर्दै ट्रम्पले ट्विटेका थिए-” सायद अझै अलिकति समय यौटा मामलालाई सल्टाउनको लागि लाग्नेछ। साह्रै गज्जवको कुरा छ !” उनले लेखेका थिए। अझ शव्दको आसपास उद्दरण चिन्हको प्रयोगसंगै उनले अन्त्यमा लेखेका थिए- ” खुविया !” उनले जोडतोडका साथ उल्लेख गरेको उक्त `खुविया´ शब्द आफूविरुद्ध लागीपरेका आन्तरिक एवं बाह्य एजेन्सीतर्फ प्रहार थियो भनेर स्पष्ट बुझ्न सकिन्छ।

आफ्नै देशभित्रका खुविया नेताहरुद्वारा बारम्बार आलोचित ट्रम्प भने आफूले आफैलाई यौटा तुरुपमाथीको प्रहार भनेर जवाफ फर्काउन चाहन्छन। ट्रम्पको आलोचना गर्नेहरुको भिडमाझ खुविया एजेन्सीका अधिकारीहरु पनि त्यतिबेला तिनछक्क परेका थिए जतिखेर ट्रम्पको पक्षमा नतिजा आएको थियो। लगत्तै ती अधिकारीहरुले ब्रीफिङ्ग गर्दै भनेका थिए- हामिमा यौटा ठूलो भ्रम थियो, जुन फुटेर गएको छ।

ट्रम्पले चर्को विवादको सामना त त्यतिबेला गर्नुपर्यो जब `तुरुप´ अर्थात ट्रम्पले ह्वाइट हाउसको चावी सम्हाल्दै थिए। विशेष गरेर उनले आफ्नो शाषनशैलीको विषयमा, मन्त्रीमण्डल विस्तार संगै महत्वपूर्ण पदको जिम्मेवारी सुम्पने बिषयलाई लिएर व्यापक उल्झन खेप्नुपरेको कुरा उनी स्वयम् स्वीकार्दछन। त्योभन्दा पहिले नै उनले अमेरिकन व्यापार प्रतिनिधिको रुपमा चुनिएका एक उच्च पूर्व अधिकारीद्वारा मुक्त ब्यापारको लागि रिपव्लिकन पार्टीद्वारा ब्यक्त गरिएको प्रतिवद्धताको चर्को आलोचनाको सिकार बनेका थिए। यस मामलामा ट्रम्पले स्पष्ट रुपमा संकेत गरिसकेका थिए कि उनका एकजना विश्वासिला पात्र रावर्ट लाईटजर, जसलाई चीन मामलामा हार्डलाईनरको रुपमा पनि लिने गरिन्छ, उनले नै यसको प्रतिनिधित्व गरून्, तर परिस्थिति त्यस्तो भएन। ट्रम्पले आफ्नो ट्विटरमा स्पष्टरुपमा भनेका छन- मेरो आफ्नो ब्याक्तिगत प्रोफाईलको कारणले म विजय भएँ, तर मेरा खुविया सहयात्रीहरु भने अन्तिम समयसम्म पनि मेरा विरुद्धमा अवश्य थिए। उनि थप्छन; संयुक्त राज्य अमेरिका र चिनबिच हामी एक उच्चस्तरको व्यापार सम्झौता गर्न चाहन्छौं, तर यसबिचका कतिपय जिम्मेवार ब्याक्तिहरुवाटै अनेकन उल्झनको सिर्जना गरेकै कारण यस ब्यापारलाई पूर्णता दिन गाह्रो पर्ने उनको भनाई थियो।उनको स्पष्ट संकेत सिआईए तर्फ उल्लेख थियो। यसबिच ट्रम्प प्रशासनका नयाँ प्रवक्ता शान स्पाईनरको मत भने भिन्न छ। उनी भन्छन; नयाँ प्रशासनको नयाँ व्यापार नीति भने बिल्कुल अलग छ। उनी थप्छन- हालमा अब लिने व्यापार निति भनेको हाम्रो `क्राफ्टिङ्ग´ माथी भर पर्नेछ, तर त्यसको लागि समय भने पर्खिनुपर्नेछ।

डोनाल्ड ट्रम्पको अर्को चुनौतीको विषय थियो- बाराक ओबामाद्वारा हस्ताक्षरित आमनागरिकको स्वास्थसम्बन्धी बिमा नीति। उनले उक्त स्वास्थ्यनितिको तिव्र विरोधसंगै खारेज नै गर्ने मनसाय पहिल्ल्यै व्यक्त गरिसकेका थिए। ट्रम्पको भनाईलाई आधार मान्ने हो भने सस्तो लोकपि्रयताको लागीमात्र ओबामाले निर्वाचनको मुखैमा आएर उनले आमनागरिकको स्वास्थ्य बिमासम्बन्धी नितिलाई सहजै हस्ताक्षर गरेका थिए। यस्तो कदमवाट आम नागरिकमा डेमोक्रेटिक पार्टितर्फ बढ्दै गएको जनलहरप्रति भने उनी अनबिज्ञ अवश्य थिएनन। उनी ठान्दथे हतारमा यसरी उक्त नितिमाथी हस्ताक्षर गर्नुको अर्थ बाराक ओबामाको चालवाजी सिवाय अर्थोक केही होईन। यसवाट प्रष्ट हुन जान्थ्यो लाखौं अमेरिकन जनता स्वास्थ्य विमाको माध्यम ओबामा प्रशासन तथा उनको पार्टिद्वारा अवलम्वित नितिप्रति आकर्षित हुनेछन र ट्रम्पका योजनाहरु निरर्थक हुनेछन। साथै यस मुद्दालाई लिएर उपराष्ट्रपतिको निर्वाचनसम्म जान सकिनेछ भन्ने ओबामा प्रशाषनको आँकलन थियो। साथै उक्तसमय वशिंटन रिपव्लिकनले पेश गरेको एक सनसनीपूर्ण आलेखमा यौटा चुनौतीपूर्ण सन्देश दिएको थियो जसमा दर्शाईएअनुसार आगामी दिनहरुमा क्यापिटल हिललगायत समग्र अमेरिकी राजनितिले यौटा उग्रराजनितिको परिणतिको सामना सामना गर्नुपर्नेछ। तर उक्त आलेखलगत्तै ट्रम्पले प्रतिक्रिया दिंदै आफ्नो ट्विटर मा ट्विट गर्दै भनेका थिए -क्यापिटल हिलको लागि वर्तमानमा म अग्रपंक्तीमा छु। आगामी कार्ययोजनाहरु र समग्र अमेरिकाको भविष्यको वारेमा के कस्ता कदमहरु चाल्नुपर्छ भनेर म र मेरो टिमले निर्णय गर्ने हो, यी र यस्ता अफवाहले केवल नागरिक भड्काउने काम मात्र गर्ने हुनाले यस्ता अफवाह नफैलाउन मिडियाहरुलाई सचेत गराएका थिए। साथै सुरक्षा प्रशासनतर्फ पनि संकेत गर्दै उनले ट्विट गरेका थिए-“अमेरिकाको स्वतन्त्र सुरक्षा प्रशासनलाई कमजोर पार्ने कार्य म लगायत मेरो टिमवाट कहिंकतै हुनेछैन। अमेरिकी सुरक्षा निकायहरुलाई पूर्णरुपमा स्वतन्त्र राखिनेछ। यस्ता संवेदनशील निकायहरुमा कोहि कसैले हस्तक्षेपको दुस्साहस गर्छ भने त्यस्तो दुस्साहस केवल दिवास्वप्न मात्र हुनेछ।”

राष्ट्रपतिको चुनावी खर्चको विषयलाई लिएर पनि आम नागरिकमा तिव्र रोष प्रकट गरिएको थियो। आमनागरिकको चाहना थियो चुनावी खर्च पारदर्शी एवं निष्पक्ष हुनुपर्दछ र सम्पूर्ण चुनावी खर्चलाई नागरिकसामु पेश गरिनुपर्दछ। विपक्षीद्वारा वारम्वार ट्रम्पका विरुद्ध चुनावीखर्च पारदर्शी नबनाएको, चुनावमा अत्याधिक तडकभडक गरेको एवं अति नै महंगा सभासम्मेलनका साथै कतिपयलाई आर्थीक प्रलोभनमा पारेको आरोप लगाईरहेका बेला नागरिकतहवाट पनि यसको बारेमा चासो बढ्दैगएको देखिन्छ। उक्त आरोपको तत्काल प्रतिक्रिया दिंदै ट्रम्पले भनेका थिए; विपक्षीको धर्म भनेको केवल विरोध गर्नुमात्र नभएर सहि मुद्दा र तत्कालिन आवश्यकता लाई गम्भिर भएर बुझ्नु र बुझाउनु पनि हुनेछ। चुनावी पारदर्शीमा म पनि कटिवद्ध छु र छिट्टै नै यसको हिसावकिताव नागरिकका सम्मुख पुर्याईनेछ।

तर ट्रम्प र उनको समूह भने यौटा कुरामा अझै स्पष्ट हुन सकिरहेका थिएनन। त्यो हो, चुनावपछिको पहिलो पत्रकार सम्मेलनमा आफ्नो आर्थिक विवरण र चुनावी पारदर्शितालाई कसरी पेश गर्ने भन्नेबारेमा। साथै राष्ट्रपतिको कार्यभार सम्हाले पछि आफ्नो व्यवसायिक पाटोलाई कसरी सम्बोधन गर्ने अनि राजनिती र ब्यवसायलाई कसरी अलग अलग ढंगले ब्यवस्थापन गर्नेभन्नेबारेमा उनी अझै स्पष्ट भैसकेका थिएनन। प्रत्यक्ष/अप्रत्यक्ष रुपमा उनको राजनितिको कारणले ब्यवसायमा पनि असर पर्नेहुंदा ट्रम्पले पर्याप्त मात्रामा राजनैतिक उपस्थिती जनाउन सक्दैनन कि भन्ने कतिपय विश्लेषकहरुको चासो रहेको थियो।

 

LEAVE A REPLY