दोबिल्ले साँढेहरू बाँधौं

0
410

 

 

 

 

 

 

 

 

 

 

रचना युवाकवी: दुर्गाप्रसाद पोख्रेल

Advertisements

गाउँमा एकोहोरो डुक्रिरहने दोबिल्ले साँढेहरू
बारूला र विच्छीहरूको राजनीति
छुचुन्द्राका खलके अर्थनीति
अनि बदामे र गोदामेको रणनीति
अाफ्ना फुस्रे जुरोमा उधिनेर
हालीमुहाली गरिरहेछन् मेरो कान्लामनिको बारीमा ।
शहरमा पल्टने र उफ्रिने साँढेको जगजगी छ
पोहोर उफ्रिनेले धेरै उफ्रेछ क्यारे
अब पल्टनेले उभिन पाउनुपर्छ अरे
एउटा उभिनेले फेरि पल्टन पाउनुपर्छ अरे
यी डुक्रने, फुर्कने अनि टुक्रने साँढेहरूले
न खेती गरेर खानदिए
न शान्तिले रहनदिए
जिजुबाले भन्नुहुन्थ्यो-
“साँढे राम्रोसँग बाँध्नु
फुक्यो भने बिताउँछ
कुटिकुटी तहलाउनु”
साँच्चिकै मद उन्मत्त भएका छन् साँढेहरू
र साँढे तह लगाएर बाँध्न
अनि खेतका बारूला र विच्छीहरू हटाएर
रहर लाग्दो खेती गर्न
एक खेतीवाल चाहिएको छ कर्मठ ।

हे साँढेहरू जन्माउने धरती!
एक बलिष्ठ हली पनि निर्माण गरिदेऊ
हामी साँढेहरूको जूरो च्यात्दै जान्छौ
धेरै भयो खेतबारी रूखिएको
आउ मिलेर साँढे बाँधेपछि
अलिकति मकै बोडी र चालिसे मूला छरौं
अलिकति बुद्धत्व र नेपालीत्वको जगेर्ना गरौं॥

LEAVE A REPLY