बृद्धवृद्धाहरू बीचमा काम गर्दा

0
872

 

 

 

 

 

गोबिन्द उपाध्यय

Advertisements

अस्ति मात्र एकजना महिलाले इजरायलबाट फोन गर्नु भयो | उहाँ पेशाले नर्स हो र त्यहाँ चारवर्ष देखि एउटा बृद्धाको हेरविचार गरिरहनु भएको छ | उहाले हेरविचार गर्नु पर्ने महिलाको उमेर ८८ वर्षको छ |इजरायल गएर काम आरम्भ गर्दा उहाँ निकै खुसी हुनुहुन्थ्यो रे | मनमा इजरायली पैसोलाई नेपालीमा अनुवाद गर्दा निकै रमाइलो र आत्मसन्तुष्टी मिलेको थियो | घरका सम्वन्धिहरू पनि खुसी नै थिए |

तर विगत दूईवर्ष एता उहाँको मनमा न काम प्रति श्रद्धा छ, न काम गर्न मन लाग्छ | रातिअवेरसम्म निंद लाग्दैन | बारम्वार रून, एकान्तमा बस्न र चिच्याउन मन लाग्छ | मन एकदम अस्थिर रहन्छ | संसारमा आफूजस्तो दुखि अरू कुनै नभएको अनुभव हुन्छ | गर्दागर्दा खान पनि मन लाग्दैन | हाइहाइ आइरहन्छ | शरीर पोल्ने, उठ्दा तारा देखिनेजस्तो ब्यबहार सामान्य भैसकेको छ | अस्पतालमा गएर चेकअप गर्दा सबै ठीक छ |

उपरोक्त महिलाको उलेर ३८ वर्षको छ | उहा घर फर्कन चाहनुहुन्छ तर घरका आफन्तहरूले समेत अव त्यतिराम्रो रेस्पोन्स गरेजस्तो लाग्दैन | आफु एक्लो, कसैले माया नगर्ने, संसार नै स्वार्थको गुड भएजस्तो लाग्छ | त्यसो त आफैसंग इजरायल आएर काम गर्ने सीता (नाम परिवर्तन)का लोग्नेले अनेकौं आरोप लगाएर घर पर्ने लगत्तै पारचुके गरे | यसपछि घरका सदस्यसंग कुरा गर्दा पनि डर लाग्छ, पति, छोराछोरीउपर पनि शंका लाग्छ |

उपरोक्त पात्रले प्रस्तुत गरेको समस्या भोग्नेहरूको मानसिक पीडा खपिनसक्नु हुन्छ | हरहमेशा एकैथरीको व्यक्ति (बूढाबूढी)को सेवा गर्नु, आफ्नो उमेरसंग त्यसको उमेर दाज्नु, कहिलेकाहिं आफुले सेवा गरिरहेको मान्छेको प्रणान्त हुनुले सेवादात्रीलाई निकै मानसिक चोट पुग्छ | एस्तो चोट बुझ्ने र त्यस चोटबाट परेको मानसिकतालाई सम्वोधन गर्ने कोइ हुँदैन | सबै आफ्नो-आफ्नो काममा हुन्छ |हामी आफ्नो पारिवारिक संरचनाबाट नितान्त फरक शैलीको पारिवारिक संरचनामा सेवा गर्न पुगेका हुन्छौं | धेरैजस्तो अवस्थामा हामीले सेवा आरम्भ गर्दा हामीसंग केवल सैद्धानिक ज्ञान मात्र हुन्छ | धर्म, संस्कृति तथा सामाजिक संरचनाको फरकपनमा भिज्नु पर्ने अनुभव हामीमा हुँदैन | हाम्रो मानसिक समस्या यहीं विन्दूबाट आरम्भ हुन्छ |

हिन्दीमा एउटा उखानछ : संसारमा सेवा गर्न सजिलो केटाकेटी र सिहार्न असजिलो बुढाबुढी | सामान्यता ६५ वर्षपछि धेरै मानिसको ब्यबहारमा असजिलोपन देखापर्छ | उनीहरूमा “सिकायत” गर्ने स्वभाव विकसित हुन्छ भने यसै कारणले उनीहरूले तपाईंले गरेको कामको जस नदिने सम्भावना बढी हुन्छ | चौविसै घण्टा एकै किसीमको काम र काम गर्दा पनि जस नपाउने भएपछि मनमा निराशा विकशित हुन्छ | हाम्रो मन नयापन र गरेको कामको जसका लागि तड्पिन्छ | यही तड्पन कालान्तरमा मानसिक-समस्या भएर विकसित हुन्छ |

यदि तपाईं बूढाबूढीको सेवामा समर्पित हुनुहुन्छ र तपाईका “सेवाग्राही”ले तपाईंको कामको जस दिनुहुन्छ भने तपाईं केही भाग्यमानी मद्ध्ये पर्नुहुन्छ | तर याद रहोस् एस्तो जस पैसामा होइन, उनीहरूको बोलीबचनबाट प्रकट हुनुपर्छ | बक्सिसले एकक्षणको खुसी दिन्छ तर वचनले तपाईंको मनलाई साहस दिन्छ | यदि तपाईंका सेवाग्राहीले तपाईंको सेवामा जस दिन सक्दैनन् वा दिंदैनन् भने पनि तपाईं निराश हुनुपर्दैन किनभने उनीहरूले देखाउने एस्तो ब्यबहार उनीहरूको उमेरले निम्त्याएको हो | हामीले आफ्नो बढ्दो उमेरमा नियन्त्रण गर्न नसकेझैं उनीहरूले पनि आफ्नो ब्यबहारमा नियन्त्रण गर्न नसकेको हुनुपर्छ |

मैले भनिसकें संसारका असजिला कामहरू मध्ये बृद्धहरूको स्याहारसुसार पनि एउटा हो | तपाईंले चुनेको काम नै असजिलो, समयमा न बाधिएको र सेवाग्राही भन्दा पनि तपाईं शान्त हुने काम हो | सेवाग्राहीले चिच्याएर गालीगलौज गरे पनि तपाईंले मुस्कुराउँदै स्वागत गर्नुपर्छ | जव हामीले “बूढाबूढी स्वभाव नै एस्तो हुन्छ” आत्मसात गर्छौं, त्यसपछि काममा हामी इन्जोय गर्न थाल्छौं |

यदि तपाईं पनि बृद्धबृद्धाको स्याहारसुसारमा हुनुहुन्छ र उपरोक्त लक्षणहरू तपाईंले आफुमा पाउनुहुन्छ भने एकपटक मानसिक-परामर्शदातासंग छलफल गर्नु उचित हुन्छ | आफ्नो समस्यावारे छलफल गर्दैमा कुनै पनि मान्छे मानसिक रोगि हुँदैन | त्यसैले आफ्नो मानसिक खुलेर कुरा गरौँ तर विश्वसनीयता र गोपनीयतासंग कहिले पनि सम्झौता नगरौं |

कुरा बुझेपछि धेरै मानसिक समस्याहरूको समाधान पाइन्छ | तपाईहरूको दिन, रात तथा चिन्तन ठीक हो | म तपाईंको सहयोगी हुँ | इनबक्समा म्यासेज पठाएर आफ्नो कुरा राख्नुहोस् र मानसिक रूपमा प्रसन्न जीवन जीउनु होस् |लामोसमय प्रवासमा सेवा गर्नुपर्दा पुरुषको तुलनामा महिलाहरू बढी मानसिकरूपमा पिडित हुन्छन् | यसको प्रमुख कारण हामी नेपालीहरूको सामाजिक तथा संस्कृतिक संरचना हो | पुरुषको तुलनामा महिला बढी सहनशील हुन्छन् तर भावुक पनि बढी हुन्छ | भावुकता र सहनशीलताविच समन्वय विग्रदा निकै मानसिक समस्या उत्पन्न हुन्छन् |

भावुकताले घर-परिवारको बढी याद आउँछ | सहनशीलताले आफ्नो कामजस्तो भए पनि गर्नुपर्छ भन्ने प्रेरणा मिल्छ | कामको दवाव र कामप्रतिको समर्पणका विचमा कहिलेकाहिं घरपरिवारसंग तालमेलमा समस्या आउँछ | कहिले आमाबुवा, छोराछोरी, पत्नी/पति रिसाउने हुन्छ | स्वदेशमा रहेका मान्छेले विदेशको बस्तुस्थिति बुझेका हुँदैनन् | यहींबाट परिवारसंगको प्राकृतिक तालमेलमा समस्या, संसय उत्पन्न हुन्छ | क्रमशः बढ्दै जान्छ र मानसिक समस्याका रूपमा विकसित हुन्छ | यही विन्दूबाट हामीमा मानसिक समस्याको आरम्भ हुन्छ र क्रमशः बढ्दै जान्छ | हामी समस्यामा पर्छौं |

मनोविज्ञानिक समस्याहरू सुरुसुरुमा बुझ्न सकिन्न | कसैले भन्यो भने पनि धेरै मान्छेहरू आफुमा समस्या हुनै नसक्ने भनेर टार्छन् | हामी धेरैले यसै गरिरहेका हुन्छौं | समस्या बढ्दै गएपछि हाम्रो दैनिक ब्यबहार प्रभावित हुनथाल्छ | हाम्रो दैनिक कार्यतालिका खल्वलिंछ |दैनिक कार्यतालिका खल्वलिंछ भन्नुको अर्थ हो – हाम्रो उठ्ने, सुत्ने, निदाउने, काम गर्ने आदि कार्यतालिका बोझझैं लाग्न थाल्छन् | हामी काम टार्ने प्रयत्न गर्छौं | यहीँबाट हामीलाई मनोसामाजिक सहयोगको आवश्यकता पर्छ |

अव के गर्ने भन्ने विषयमा चर्चा गरौँ | सबैभन्दा पहिला आफ्नो परिवारसंग सम्पर्क गरौँ | उनीहरूसंगको सम्वन्धमा केही चिसो बढेको छ भने आफु अगाडी सरेर त्यसलाई सुधार्ने प्रयत्न गरौँ | हामीसंग आफ्ना समस्याहरू समाधान गर्ने क्षमता छ, यो क्षमता प्रयोग गर्नुपर्छ | हामी आफ्नो संशय/समस्या बाहिर निस्कन सक्छौं |

LEAVE A REPLY