भारतीय अर्थ मन्त्री को बजेट सार्वजनिक भए सगै नेपाललाई दिने सहायतामा बृद्धिको घोषणा

0
254

२० माघ, काठमाडौं । भारतले नेपाललाई दिने सहयोगमा बृद्धि गरेको छ । वित्तमन्त्री अरुण जेट्लीले आर्थिक वर्ष २०१७/१८ का लागि सार्वजनिक गरेको बजेटमा सहयोग बृद्धिको घोषणा गरिएको हो ।

Advertisements

वित्तमन्त्री जेट्लीले बुधबार संसदमा १४, ७९८ करोडको बजेट सार्वजनिक गरेका थिए । जसमा वैदेशिक सहायताका लागि ६४ अर्ब ७९ करोड रकम छुट्याइएको छ ।

नेपाललाई ३ अर्ब ७५ करोड भारु अर्थात ६ अर्ब नेपाली रुपैयाँ विनियोजन गरिएको पीटीआईले जनाएको छ । यो गत वर्षको भन्दा ७५ करोड बढी हो भने भारतको कुल बैदेशिक सहायताको ५.७८ प्रतिशत हो ।

भारतले दिने बैदेशिक सहायताको आधाभन्दा बढी हिस्सा भुटानले पाउनेछ । भुटानका लागि ३७ अर्ब १४ करोड भारु छुट्याएको छ ।

अफगानिस्तानलाई दिइएको सहयोग भने भारतले घटाएको छ । ५२० करोड रहेको सहयोगलाई ३२० मा झारिएको हो ।

LEAVE A REPLY