कोपा डेल रे कपको सेमिफाइनलमा एथ्लेटिको मड्रिडमाथि बार्सिलोनाको जित

0
280

२० माघ, काठमाडौं । स्पेनिस कोपा डेल रे कपको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले एथ्लेटिको मड्रिडमाथि जित हात पारेको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडमाथि २-१ को जित हात पारेको हो ।

Advertisements

एथ्लेटिको मड्रिडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सातौं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो । ३३ औं मिनेटमा लिओनल मेस्सीले बार्सिलोनाको अग्रता दोब्बर पारे ।

 

दोस्रो हाफमा एथ्लेटिको मड्रिडले खेलमा फर्कने प्रयास गर्‍यो । ५९ मिनेटमा एन्टोनी गि्रजम्यानले गोल गरे । तर, घरेलु टोलीको हार भने टार्न सकेनन् ।

LEAVE A REPLY