निर्वाचन आयोगलाइ पत्र लेख्ने तयारीमा सरकार

0
250

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निकायको निर्वाचनबारे महान्यायाधीवक्ता तथा कानुनमन्त्रीसँग परामर्श गरेका छन्। गृहमन्त्रीसहित सत्तारुढ दलका प्रमुख नेताहरुको उपस्थितिमा प्रधानमन्त्रीले बिहिबार बिहान बालुवाटारमा महान्यायाधीवक्ता र कानुनमन्त्रीलगायतसँग छलफल गरेका हुन् । छलफलमा सरकारले निर्वाचन आयोगलाई स्थानीय निर्वाचन बारे लेखि पठाउने सहमती गरेका छन्।
‘आज चार बजे बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचनको तयारी अवधि बढाउन निर्वाचन आयोगलाई पत्राचार गर्ने तयारी भएको एक मन्त्रीले जानकारी दिए ।

Advertisements

दलहरुबीच पहिला संविधान संशोधन विधेयक पारित गर्ने कि चुनावको मिति घोषणा गर्ने भन्नेमा विवाद रहेकै बेला चुनावको मिति घोषणाको लागि तयार गर्न लागिएको हो ।
प्रमुख तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावको मिति घोषणा गर्नेबारेमा एकमतता रहेपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विधेयक पारित नभएसम्म चुनावको मिति घोषणा हुन नसक्ने बताउँदै आएको छ ।

सत्तारूढ प्रमुख घटकबीच निर्वाचनको मिति फागुनको अन्तिम सातासम्म तोक्ने मोटामोटी सहमति यसअघिनै भइसकेको छ। संविधान संशोधन, स्थानीय तहको निर्वाचन लगायतका विषयमा यसअघि प्रधानमन्त्रीले संविधानविद्सँग सुझाव मागेका थिए।

LEAVE A REPLY