प्रधानमन्त्रीले गरे खिम्ती ढल्केबर विद्युत प्रशारण लाइनको उद्घाटन

0
235

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खिम्ती ढल्केबर २२० केभी प्रशारण लाईनको उद्घाटन गरेका छन् । आज रामेछापको खिम्तीमा प्रधानमन्त्रीले विरुवामा पानी हालेरे विद्युत प्रशारण लाइनको उद्घाटन गरेका हुन् ।
उक्त आयोजनाबाट तामाकोसी क्षेत्र, मध्य तराई र पुर्वी क्षेत्रका जनता लाभान्वीत हुने छन् । यो सगै प्रशारणलाईन लस १० मेघावाट सम्म कम हुने, माथिल्लो तामाकोसीको विद्युत प्रशारण गर्न सहयोग पुग्ने, न्युन भोल्टेजको समस्या समाधान हुने जानकारी दिइएको छ ।त्यसैगरी हिउदमा ढलकेबरबाट हुने आयातलाई काठमाण्डौसम्म पु¥याउन सकिने तथा सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङगा सिन्धुली जिल्लाका आयोजनाबाट उत्पादित विद्युत प्रशारण गर्न सहयोग पुग्ने बताइएको छ ।
२०६३ सालमा सूरु भएको खिम्ती ढलकेबर २२० केभी प्रशारण लाईन योजनामा सरकार,विद्युत प्राधिकरण विश्व बैंक लगायतको एक अर्व ९५ करोड ४६ लाख ८ हजार रकम लागत सम्पन्न भएको हो ।
उद्घाटन समारोहमा प्रधानमन्त्री सगै उर्जामन्त्री जनार्दन शर्मा प्रभाकर, उर्जा सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिंङ सहभागि भएका थिए ।

Advertisements

LEAVE A REPLY